गोलकिपर एलिसनले युईएफए सुपर कपको फाइनल गुमाउने

गोलकिपर एलिसनले युईएफए सुपर कपको फाइनल गुमाउने

गोलकिपर एलिसनले युईएफए सुपर कपको फाइनल गुमाउने

२७ साउन २०७६ एजेन्सी: इन्ग्लिश क्लब लिभरपुलका गोलकिपर एलिसन बेकरले युईएफए सुपर कपको फाइनल खेल गुमाउने भएका छन् । गोलकिपर एलिसन बेकर युईएफए सुपर कपको फाइनल खेल मात्रै नभई अरु इन्ग्लिश प्रिमियर लिगका खेलहरु पनि गुमाउने छन् ।इन्ग्लिश क्लब लिभरपुलका गोलकिपर एलिसन बेकरलाइ नर्विच सिटीविरुद्ध पिडुलामा चोट बोकेका थिए ।

एलिसन पहिलो हाफको ३९ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । उक्त खेलमा लिभरपुलले ४-१ को जित निकालेको थियो । एलिसन बेकरले डेब्यु सिजनमै लिभरपुललाई युइएफए च्याम्पियन्स लिग जिताउन र प्रिमियर लिगमा दोस्रो बनाउन महत्वपुर्ण भुमिका निभाएका थिए । ब्राजिलले कोपा अमेरिका उपाधि जित्दा पनि एलिसनले गोल्डेन ग्लोभ्स जितेका थिए ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...