गालाटासरेको पोस्टमा रियलको आधा दर्जन गोल,रोड्रीगोको ह्याट्रिक

गालाटासरेको पोस्टमा रियलको आधा दर्जन गोल,रोड्रीगोको ह्याट्रिक

गालाटासरेको पोस्टमा रियलको आधा दर्जन गोल,रोड्रीगोको ह्याट्रिक

२१ कार्तिक २०७६ एजेन्सी: घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले टर्किस क्लब गलातासारेलाई ६–० गोल पराजित गरेको छ ।
युवा स्टार रोड्रिग्वकोको ह्याट्रिक र करिम बेन्जिमाको दुई गोलमा रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा रोमान्चक जित दर्ता गरेको छ ।

रियल मड्रिडले पहिलो गोल चौथो मिनेटमा गरेको थियो ।
पहिलो गोल रोड्रीगोले गरेका थिए ।
सातौ मिनेटमा पनि रोड्रीगो गोलबाट रियलले अग्रता दोब्बर बनाएको थियो ।

सर्जियो रामोले १४ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई ३–० ले अघि बढाएका थिए ।मिडफिल्डर स्टिभन एनजोन्जीले टोनी क्रुसलाई पेनाल्टी क्षेत्रको ठिक भित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयता लिँदै पेनाल्टी दिएको थियो ।

करिम बेन्जिमाले ४५ औ मिनेटमा गोल गर्दै पहिलो हाफमा रियललाई ४–० ले अघि बढाएका थिए ।

बेन्जिमाले ८१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई फराकिलो जितर्फ डोर्याएका थिए । ईन्जुरी समयमा रोड्रिग्वेले गोल गर्दै ह्याट्रिक पुरा गरे ।

रियलले च्याम्पियन्स लिगमा गरेको खराब सुरुवातलाई बिर्साउन सफल भएको छ ।

समूह एमा रहेको रियलले सुरुवाती दुई खेलमा १ अंक मात्र जोड्दै पुछारमा रहेको रियल अहिले दोस्रो स्थानमा छ ।

४ खेलमा ७ अंक जोडेको रियलले तेस्रो स्थानको टोलीसँग ५ अंकको अग्रता लिएको छ ।

शीर्षस्थानमा रहेको पीएसजीको ४ खेलमा १२ अंक रहेको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...