गायिका आस्था राउत प्रक्राउ,स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगियो

गायिका आस्था राउत प्रक्राउ,स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगियो

१३ माघ २०७६ काठमाडौँ: गायिका आस्था राउतलाइ प्रहरीले प्रक्राउ गरेको छ । आस्था राउत आफै प्रहरीसमक्ष उपस्थित भएकी छन् । आस्था राउत नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् ।

काठमाडौंबाट भद्रपुर जाने क्रममा गायिका आस्था राउतले विमानस्थलमा सुरक्षा जाँचका क्रममा प्रहरीसँग भएको भनाभनलाई लिएर फेसबुकमा प्रहरी संगठन र सुरक्षाकर्मीहरुलाई गाली–गलौज गरेको भिडियो सार्वजनिक भएको थियो । महिला कर्मचारीले अभद्र व्यवहारको निवेदन दिएपछि प्रहरीले पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयसँगै पकाउ पुर्जी जारी गर्न माग गरिएको थियो ।

सामाजिक सञ्जालमार्फत् आफूलाई गाली–गलौज गरेको भन्दै प्रहरीजवान श्रेष्ठले उजुरी दिएकि थिइन्। गायिका राउतले विमानस्थलमा सुरक्षा जाँचका नाममा आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै सामाजिक सञ्जालमा ‘आपत्तिजनक शब्द’सहितको भिडियो हालेकी थिइन् ।

गायिका आस्था राउतलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लागिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ