गायिका आस्था राउत धरौटीमा रिहा

गायिका आस्था राउत धरौटीमा रिहा

१४ माघ २०७६ काठमाडौं : गायिका आस्था राउत प्रहरी हिरासतबाट रिहा भएकी छिन। उनि आजै धरौटीमा रिहा भएकी हुन्। अभद्र व्यवहारको मुद्दामा उनि सोमबार पक्राउ परेकी थिइन। धरौटीमा रिहा भएपछि गायिका आस्था राउतले प्रहरीको प्रशंसा गरेकी छन् । हिरासतमा आफूलाई प्रहरीबाट निकै सहज र राम्रो व्यवहार भएको उनले बताइन् ।

उनि आजै मात्र ४ हजार रुपैयाँ धरौटी बुझाएर छुटेकी हुन्। आस्थाले अब १४ फागुनमा सीडीओ कार्यालयमा हाजिर हुनुपर्ने छ ।

हँसिलो अनुहारमा आफ्नो बुवासँग बाहिर निस्केकी आस्थाले उपस्थित सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिएकी थिइन् । उनले यसअघि प्रहरीप्रतिको आफ्नो गलत बुझाइ दुई दिनमा फेरिएको समेत बताइन् ।

‘मैले प्रहरीलाई जुन रुपमा बुझेकी थिएँ, त्यो होइन रहेछ । प्रहरी साँच्चै जनताको साथी रहेको अनुभूति भयो । गल्ति मबाटै भएको थियो । उहाँहरुले मलाई कुनै पनि नराम्रो व्यवहार गर्नुभएन,’ आस्थाले भनिन् ।

उनले यो घटना सबैका लागि पाठ भएको समेत बताइन् । उनले प्रहरीलाई आफ्नोतर्फबाट पूर्ण सहयोग गर्ने बताएकी छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ