क्रुर र कहालीलाग्दो एक घटना, जहाँ आफनै श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरे

क्रुर र कहालीलाग्दो एक घटना, जहाँ आफनै श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरे

२ जेठ २०७६ काठमाडौँ: क्रुर र कहालीलाग्दो एक घटना बाहिर आएको छ । जहाँ आफनै श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरेका छन् ।

बुधबार साँझ करिब साढे सात बजे आफनै श्रीमानले २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार गरेका छन् ।
उनको अनुहारका साथै शरीरका अन्य भागमा पनि एसिड परेको छ ।

एसिड आक्रमणमा परेकी युवतीलाई चाबहिलस्थित ओम अस्पतालबाट कीर्तिपुर स्थित फेक्ट अस्पतालमा रिफर गरिएको छ । एसिड छ्याप्ने विष्णु भुजेल पक्राउ परेका छन् ।

पक्राउ परेका विष्णु भुजेल २० वर्षीया जेनी खड्काका श्रीमान हो भनेर प्रहरीले पुष्टि गरेको छ ।के कारणले एसिड प्रहार भयाे भन्नेबारे खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *