क्रिस्टियानो रोनाल्डोलाई च्याम्पियन्स लिग खेलमा प्रतिबन्धको सम्भावना

क्रिस्टियानो रोनाल्डोलाई च्याम्पियन्स लिग खेलमा प्रतिबन्धको सम्भावना

१ चैत्र २०७५ एजेन्सी: क्रिस्टियानो रोनाल्डोलाई च्याम्पियन्स लिग खेलमा प्रतिबन्ध लागने सम्भावना देखिएको छ ।

अन्तिम १६ अन्तर्गत भएको स्पेनिस एथ्लेटिको मड्रिडविरुद्धको खेल दौरान गोलपछि ‘खराब सेलिब्रेसन’ गरेको आरोपमा क्रिस्टियानो रोनाल्डोलाई एक खेलको प्रतिबन्धको लागने सम्भावना देखिएको छ ।

युभेन्टसले एट्लेटिको मड्रिडलाई ३-० पाखा लाउदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।सो खेलमा क्रिस्टियानो रोनाल्डो प्रमुख भूमिका थियो ।

पहिलो लेगमा एटलेटिको प्रशिक्षक डिएगो सिमोनले पनि क्रिस्टियानो रोनाल्डो जस्तै शैलीमा खुशी मनाउँदा उनले २० हजार युरो जरिवाना तिर्नु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *