कोपा अमेरिका: चिलीलाइ पराजित गर्दै पेरु फाईनलमा प्रवेश

कोपा अमेरिका: चिलीलाइ पराजित गर्दै पेरु फाईनलमा प्रवेश

कोप अमेरिका: चिलीलाइ पराजित गर्दै पेरु फाईनल प्रवेश

१९ असार २०७६ एजेन्सी: ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनलमा साबिक विजेता चिलीलाइ ३-० पराजित गर्दै पेरु फाईनलमा प्रवेश प्रवेश गरेको छ । खेलको पहिलो हाफमा पेरुले चिलीविरुद्ध २–० को सहज अग्रता बनाएको थियो ।

पेरुका लागि खेलको २१औं मिनेटमा इडिसन फ्लोरेसले पहिलो गोल गरे भने दुस्रो गोल ३८औं मिनेटमा योसिमार योटुनले गोल गरे । खेलको अन्तिम मिनेटमा जोस पाओलो गुरेरोले गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

पेरुले पछिल्लो दुई संस्करणको विजेता चिलीलाई हराउँदै प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।

पेरुले उपाधिका लागि ब्राजिलसंग प्रतिस्धर्पा गर्नेछ ।

फाइनल खेल अब आइतबार हुनेछ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...