के ग्यारेथ वेल चिनियाँ क्लब जालान् त् ?

के ग्यारेथ वेल चिनियाँ क्लब जालान् त् ?: बार्यन म्युनिख जाँदै ग्यारेथ बेल

के ग्यारेथ वेल चिनियाँ क्लब जालान् त् ?

६ साउन २०७६ एजेन्सी : वेल्स तथा स्पेनिस रियल मड्रिडका फरवार्ड ग्यारेथ वेलले क्लब छाड्ने पक्का भएपछि चिनिया क्लब सांघाइ सिन्हा, जियाङ्सु सुनिङ र बेइजिङहरुले ग्यारेथ वेललाइ अनुबन्ध गर्ने चासो देखाएको छन् ।

म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आइतबार बेलले केही दिनमै म्याड्रिड छाड्ने भनेपछि अनुबन्ध गर्न चिनियाँ सुपर लिग क्लबले चासो देखाएको थियो ।

प्रि–सिजनको पछिल्लो खेलमा जर्मन क्लब बार्यन म्युनिखसंग रियल पराजित हुदाँ वेललाई मैदान बाहिर राखिएको थियो ।

जिदानको भनाई सार्वजनिक भएसँगै चिनिया क्लब सांघाइ सिन्हा, जियाङ्सु सुनिङ र बेइजिङ गुवानले अुनबन्ध गर्ने चासो देखाएका थिए ।

स्रोतका अनुसार बेल चीन कीर्तिमानी मुल्यमा प्रस्थान गर्नेछ । बेलको हप्ताको पारिश्रमिक ३ लाख ५० हजार पाउन्ड हुन सक्नेछ ।

रियलमा बेलको सम्झौता २०२२ सम्म रहेको थियो ।रियलसंग वेलको सम्झौता सकिन अझै तीन बर्ष बाँकी छ । तर म्यानेजर जिदान बेललाई क्लबमा राख्ने पक्षमा छैनन् ।

फरवार्ड ग्यारेथ वेल सन् २०१३ मा प्रिमियर लिग क्लब टोटेनहमबाट कीर्तिमानी मुल्य ८५ मिलियन पाउण्डमा रियल मड्रिड आएका थिए । क्लबबाट ग्यारेथ वेलले चार पटक च्याम्पियन्स लिगको उपाधि उचालेका थिए भने एक ला लिगा, कोपा डेल रे र तीन युईएफए सुपर कप र क्लब विश्वकप जितेका थिए ।

प्रि सिजनको इन्टरनेसनल च्याम्पियन्स कपमा आइतबार बायर्नविरुद्ध पनि जिदानले बेललाई बेन्चमै पनि नराख्ने निर्णय लिएका थिए । जिदानले बायर्न विरुद्ध २२ खेलाडी प्रयोग गरेका थिए ।

वेल्स तथा स्पेनिस रियल मड्रिडका फरवार्ड ग्यारेथ वेललाइ प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेड र टोटेनहम जर्मन च्याम्पियन बार्यन म्युनिखले समेत वेलमाथि आँखा लगाईरहेका छन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...