केपी ओली बाँसुरी बजाउने, खनाल र नेपाल सारंगी रेट्ने – Nepali Online News Nepal

केपी ओली बाँसुरी बजाउने, खनाल र नेपाल सारंगी रेट्ने

केपी ओली बाँसुरी बजाउने, खनाल र नेपाल सारंगी रेट्ने

२१ माघ २०७६ काठमाडौं : बाँसुरीमा प्रधानमन्त्री केपी शर्मा ओली, त्यसैगरी सारंगीमा नेकपाका पूर्व प्रधानमन्त्री द्वय झलनाथ खनाल र माधवकुमार नेपाल । यस्तो अचम्म र दुर्लभ दृश्य कुनै नाटक या फोटो मिलाएर बनाइएको होइन । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको यथार्थ दृश्य हो ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानका कलाकारहरु बालुवाटार पुगेर सारंगी साँझ आयोजना गर्ने क्रममा खिचिएका यी तस्बिरहरु नेकपाका प्रभावशाली नेताहरु बालुवाटारमा रात्रीभोजसहित निमन्त्रणा गरिएका समय खिचिएका हुन् । सांरगी साँझमा रौसिएर ओलीसहितका नेताहरुले बाँसुरी बजाउने र सांरगी रेट्ने गरेका थिए । सांरगी र बाँसुरीको धुनमा नेकपा नेताहरुले बालुवाटारमा मनोरञ्जन गरेका थिए ।

कलाकारको समूहसँग बसेर नेकपाका तीन नेताहरुले बाँसुरी बजाउने र सारंगी रेट्ने गरेका थिए । यो तस्बिर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।

यो तस्बिरबाट पूर्व नेकपा एमालेका नेताहरुले आफूहरु एक भएको सन्देश पनि दिन खोजेका छन् । पछिल्लो समय ओली कमजोर भएको सन्देश जाँदा उनले वरिष्ठ नेता झलनाथ खनाललाई गत हप्ता बालुवाटारमा बोलाएर एक्ला एक्लै तीन घन्टा कुरा गरेका थिए । अर्का नेता माधवकुमार नेपाललाई पनि साथमा लिएर ओली शक्तिशाली बन्न खोजिरहेका छन् ।-तस्बिर सौजन्यः सूर्य थापा

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ