कांग्रेसले अबको ५० वर्ष सरकारमा जाने कुरा बिर्सिए हुन्छ: प्रचण्ड

परिवर्तन विरोधी अराजक तत्वको प्रतिकार गर्न अध्यक्ष प्रचण्डको निर्देशन

कांग्रेसले अबको ५० वर्ष सरकारमा जाने कुरा बिर्सिए हुन्छ: प्रचण्ड

२८ भदौ २०७६ भद्रपुर : नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा कम्युनिस्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिस्टले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।

गौरीशंकर खड्का स्मृति प्रतिष्ठानको साधारणसभामा झापाको बिर्तामोडमा शनिबार आयोजित उद्घाटन समारोहमा अध्यक्ष दाहालले नेपालमा कम्युनिस्ट शक्तिले सरकारको नेतृत्व गरेको नरुचाउने तत्वले कम्युनिस्ट आन्दोलन र त्यसको नेतृत्वविरुद्ध जनतामा केही भ्रम सिर्जना गर्न खोजेको बताए ।

उनले भने–‘आमजनताले पाँच वर्षमात्र नभएर अबको पचासौं वर्षसम्म कम्युनिस्टले नै सरकार चलाएको हेर्न चाहेका छन् ।’

जनताको राजनीतिक अधिकार सुनिश्चित गर्ने जनआन्दोलन र जनयुद्धको नेतृत्व कम्युनिस्ट पार्टीबाट र संघीय गणतान्त्रिक संविधानको निर्माण त्यसका नेतृत्वको सुझबुझपूर्ण एकताबाट भएको जनाउँदै अध्यक्ष दाहालले भने–‘आर्थिक समृद्धि र शान्तिको युगतर्फ मुलुकलाई लैजाने अवसरसमेत नेपाली जनताले हामीलाई नै सुम्पिएका छन् ।’

सोही कार्यक्रममा नेकपाका नेता एवं तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले लामो संघर्ष र बलिदानको जगमा जनता आफैंले लेखेको वर्तमान संविधान संसारकै उत्कृष्टमध्येको संविधान भएको बताए ।

‘हिजोका संविधान कुनै राणाले र कुनै राजाले जारी गरेका थिए’–नेता नेम्वाङले भने–‘अहिलेको संविधान जनताले बनाएको हुँदा कसैले अपहरण गर्ला र जनताका अधिकार फेरि पनि छिन्ला कि भन्ने अब कुनै गुञ्जायस छैन ।’ रासस

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...