काँग्रेस सांसद मोहम्मद आलम पक्राउ

आफताबबिरुद्ध ८ दिन म्याद थपकाँग्रेस सांसद मोहम्मद आलम पक्राउ

काँग्रेस सांसद मोहम्मद आलम पक्राउ

२६ असोज २०७६ काठमाडौँ: १३ जनालाई जिउँदै जलाएर मारेको आरोपमा काँग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ परेका छन् । आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले आलमलाई उनकै निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो ।

०६४ चैत २७ गते राति रौतहटको राजपुरमा बम विस्फोट भएको थियो । संविधानसभाको पहिलो चुनाव लक्षित गरी बम बनाउँदै गर्दा विस्फोट भएको घटना लुकाउन १३ जना घाइतेहरुलाई नजिकैकाे इँटाभट्टामा हत्या गरेको आरोप आलममाथि छ । आलम काँग्रेसका पूर्व जिल्ला सभापति र वनमन्त्री पनि हुन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...