कसले दियो गायक उदित नारायण झालाई ज्यान मार्ने धम्की ?

कसले दियो गायक उदित नारायण झालाई ज्यान मार्ने धम्की ?

कसले दियो गायक उदित नारायण झालाई ज्यान मार्ने धम्की ?

१५ साउन २०७६ : नेपाली र बलिउडका चर्चित गायक उदीत नारायण झालाई मार्ने धम्की सार्वजनिक भएको छ ।

भारतीय संचारमाध्यमहरुले जनाएअनुसार गायक झालाई करिब एक महिनादेखि यस्तो धम्की आइरहेको हो।

गायक उदित नारायण झा अनुसार पछिल्लो एक महिनादेखि लक्ष्मण नाम गरेका एक व्यक्तिले तीन पटक सम्म एउटै नम्बरबाट उदितलाई मार्ने धम्की दिइरहेको बताउँदै उनले उजुरी दर्ता गरेका हुन् ।

उजुरी दर्ता गरेपछि प्रहरीले धम्कीसहितको फोन आउने मोबाइल नम्बर ट्रेस गरिसकेको छ । यो फोन विहारबाट आएको पत्ता लागेकाले प्रहरीको टोली त्यतातिर पठाइसकेको जनाएकाे छ ।

प्रहरीका अनुसार गायक झालाई चोरी गरिएको मोबाइलबाट कल गरी धम्की दिइँदै आइरहेको छ।

उदित नारायणको घरमा रहेका गार्ड विहारको भएको र उनी केही समयअघि घर जाने क्रममा उनको फोन हराएको थियो । शायद त्यसै फोनबाट उदित नारायणको नम्बर पाएर त्यस व्यक्तिले धम्क्याएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...