‘कबड्डी ३’को दुई दिने कलेक्सन ३.२५ करोड

‘कबड्डी ३'को दुई दिने कलेक्सन ३.२५ करोड

‘कबड्डी ३’को दुई दिने कलेक्सन ३.२५ करोड

६ साउन २०७६ काठमाडौँ: नेपाली चलचित्रले कबड्डी ३ बक्स अफिसमा बम्पर व्यापार गरेको छ । चलचित्रले पहिलो दिनमा १ करोड ४७ लाख माथिको कलेक्शन गरेको चलचित्रको निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा उल्लेख छ । दुश्रो दिन शनिबार चलचित्रले १ करोड ७५ लाख माथिको व्यापार गरेको छ ।

‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, उपासनासिंह ठकुरी, विल्सन विक्रम राई, कर्म, विजय बराल, बुद्धि तामाङ, माओत्से गुरुङ, लुनिभा तुलाधर, कविता आले, पुष्कर गुरुङ लगायत कलाकारहरूको अभिनय रहेको छ । सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्यमा चलचित्र निर्माण भएको हो । निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमनन्द रौनियारले लगानी गरेका छन् । भने, सह-निर्मातामा रुदेन सदा लेप्चा रहेका छन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...