कतार र यूएईमा नेपाली तरकारी निर्यात सुरु

कतार र यूएईमा नेपाली तरकारी निर्यात सुरु

१३ मंसिर २०७६ काठमाडौँ: नेपालबाट अब संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा कामदार मात्र हैन, तरकारी पनि निर्यात पनि हुन सुरु भएको छ ।

यूएई र कतारमा नेपाली तरकारीलाई पनि रुचाइन थालिए सँगै नेपाली तरकारीको निर्यात बढ्न थालेको छ । नेपालको एक कम्पनीले नेपालमा उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म निर्यात गर्दै आएको र यो क्रम बढ्दो रहेको उक्त कम्पनीले जनाएको छ ।

महँगी र अभावका कारण कम उत्पादन हुनाले मागअनुसार पठाउन नसकिए पनि हप्तामा दुईपटक छ वा सात मेट्रिक टन तरकारी पठाउने गरेको अलसमन इन्टरनेसनल नेपालका निर्देशक कल्याण घिमिरेले बताए । गोरखापत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *