क्रिकेटखेलकुद

ए डिभिजन लिग: एनआरटी बिरुद्ध हिमालयन शेर्पाको जित

ए डिभिजन लिग: एनआरटी बिरुद्ध हिमालयन शेर्पाको जित

२ फागुन २०७६ काठमाडौँ : ए डिभिजन लिग अन्तर्गत आज भएको अन्तिम चरणको चौथो खेल हिमालयन शेर्पा र न्यू रोड बिच भएको खेलमा हिमालयन शेर्पाले २-१ जित निकालेको छ ।

सरुवाति समय देखिनै हिमालन शेर्पा र न्यू रोड टिम बिचको खेल आक्रामक बनेको थियो ।

न्यू रोड टिमले खेलमा पहिलो गोल ३१ औं मिनेटमा गर्न सफल हुन्छ र अग्रता १-० अगाडि बनाउन सफ्ल हुन्छ। न्यू रोडको पहिलो गोल राजेश परियारले गर्छन।

न्यू रोड टिमले १-० ले अग्रता बनाएको खेलमा हिमालयन शेर्पाबाट गोल हुन्छ र खेल १-१को बराबरिमा आउछ। हिमालयन शेर्पाका स्तेफेन समिरले ४१ औं मिनेटमा सो गोल गरेका हुन्छन्।

१-१ को बराबरि रहेको खेलमा हिमालयन शेर्पाबाट फेरि दोस्रो गोल हुन्छ र खेलमा २-१को अग्रता बनाउछ। त्रिदेब गुरुङले ४४ औं मिनेटमा सो गोल गरेका हुन्छन्।

दोस्रो हाफमा दुबै टोलिबाट गोल हुँदैन र हिमालयन शेर्पाले खेल २-१ ले जित्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *