ए डिभिजन लिग: खेलको १ मिनेटमै गोल

ए डिभिजन लिग: खेलको १ मिनेटमै गोल

३ माघ २०७६ काठमाडौँ: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुदै छ । खेलको १ मिनेटमा पिटर सेगुनको आत्मघाती गोलबाट शेर्पाले अग्रता बनाएको छ । हिजो बेलुका देखि निरन्तर परिरहेको वर्षाको कारण दशरथ रंगशालामा खेल्न नमिल्ने भएपछि एन्फाले खेल सारेको हो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शुक्रबार)एक खेल मात्र हुँदै छ। आजको खेलमा खेलमा शीर्ष स्थानमा मछिन्द्र क्लब र पुछारबाट दोस्रो स्थानमा रहेको हिमालयन शेर्पाबीच क्लबबिच भिडन्त हुँदै छ। आज मछिन्द्र र हिमालयन शेर्पाबिच को खेल ३ बजे देखि सुरु हुँदै छ। मछिन्द्र र हिमालयन शेर्पाबिचको खेल एन्फा कम्प्लेक्समा हुने छ।

मछिन्द्र क्लब १३ अंक सहित शिर्ष स्थानमा रहेको छ। त्यस्तै हिमालयन शेर्पा भने ४ अंक सहित खेल तालिकाको १३ औ स्थानमा रहेको छ। मछिन्द्र क्लब जारी लिगमा ४ खेलमा जित हात पार्दा २ खेलमा बराबरी गरेको छ । यसैगरी शेर्पाले ६ मध्ये २ खेलमा हार र चार खेलमा बराबरी गर्दै ४ अंक जोडेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ