ए डिभिजन लिग : एनआरटी बिरुद्ध च्यासल पराजित

ए डिभिजन लिग : एनआरटी बिरुद्ध च्यासल पराजित

२ फागुन २०७६ काठमाडौँ : ए डिभिजन लिग अन्तर्गत आज भएको अन्तिम चरणको ५ औं खेलमा न्यु रोड टिम बिजय भएको छ। च्यासल युथ क्लबलाइ २-० गोल अन्तरले हराउदै एनआरटी बिजयी भएको हो।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दुवै टोलीको लिगको अन्तिम खेलमा एनआरटीले च्यासललाइ हराउन सफल भएको हो। एनआरटीका लागि लाल रामाभ्रा र अनन्त तामाङले गोल गरेका थिए।

पहिलो हाफमा दुवै तर्फ बाट कुनैपनि गोल हुन नसके पनि दोश्रो हाफको ७० औँ मिनेटमा रामाभ्राले फ्रिकिक मार्फत पहिलो गोल गर्दै एनआरटिलाइ पहिलो अग्रता दिलाए। त्यसपछि ९० मिनेट सम्म कुनैपनि गोल हुन सकेन। खेलमा थप गरिएको अतिरिक्त समयको पहिलो मिनेटमा च्यासलका छिरिङ्ग गुरुङ्गले एनआरटीका रामाभ्रालाइ डि बक्स भित्र फल गरेपछि पाएको पेनाल्टीमा अनन्त तामाङ्गले प्रहार गरेको बलले जाली चुमेपछि एनआरटीले अग्रतालाइ दोब्बर गर्यो। त्यसपछि कुनैपनि गोल हुन सकेन र खेल एनआरटीले २-० गोल अन्तरले जित्यो।

जित संगै एनआरटी १५ अंक सहित लिग तालिकाको नवौ स्थानमा रहदै लिगका आफ्ना सबै खेल पुरा गर्यो। यो बर्ष एनआरटी टप सिक्स भित्र पर्न सफल हुन सकेन।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ