ए डिभिजन लिग: आज दुई खेल हुँदै (अंक तालिका सहित)

ए डिभिजन लिग: आज दुई खेल हुँदै (अंक तालिका सहित)

१६ माघ २०७६ काठमाडौँ: ए डिभिजन लिगमा आज दुई खेल हुँदै छ । आजको पहिलो खेलमा च्यासल र फ्रेन्ड्स क्लबबिच हुँदै छ भने दोस्रो खेल ब्रिगेड ब्वाईज क्लब र एनआरटी बिच हुने छ ।

च्यासल र फ्रेन्ड्स क्लबबिच खेल १२:०० बजे सुरु हुन्छ भने ब्वाईज क्लब र एनआरटीक्लबबिचको दोस्रो खेल ३ बजे देखि सुरु हुँदै छ ।

च्यासलले ८ खेलबाट ९ अंक रहेको छ। च्यासल दुई खेलमा पराजित तिन खेलमा जित दर्ता गरेको छ भने तिन खेल बराबरी खेलको छ । ९ अंक जोडेका च्यासल नवौ स्थानमा रहेको छ । ८ अंक जोडेको फ्रेन्ड्स क्लब अंक तालिकाको ११ औ स्थानमा रहेको छ । फ्रेन्ड्स क्लबले २ खेलमा जित २ खेल बराबरी र ४ खेलमा पराजित रहेको छ ।

दोस्रो खेलमा ब्रिगेड ब्वाईज र एनआरटी दिउँसो ३ बजे आमने सामने हुनेछन् ।

ब्रिगेड ब्वाईज क्लब ८ अंकसहित ८ औं स्थानमा रहेको छ । ब्रिगेड ब्वाईज क्लबले दुई खेलमा जित, दुई बराबरी र चार पराजित रहेको छ। एनआरटी १२ अंक तालिकाको छैठौ स्थानमा रहको छ । एनआरटीले ४ जित,दुई बराबरी र दुई हारका साथ दोस्रो स्थानमा छ ।

आज हुने लिग चरणको दुवै खेल दशरथ रंगशाला त्रिपुरेश्वरमा हुनेछ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ