एसेज सिरिज: दोश्रो टेस्ट आज देखि सुरु

एसेज सिरिज: दोश्रो टेस्ट आज देखि सुरु एसेज सिरिज: आज देखि सुरु

एसेज सिरिज: दोश्रो टेस्ट आज देखि सुरु

२९ साउन २०७६ एसेज: सिरिज अन्तर्गत अष्ट्रेलियाविरुद्ध इंग्ल्याण्डको दोस्रो टेष्ट आज देखि सुरु हुँदै छ । अस्ट्रेलिया र इंग्ल्याण्डबीचको दोस्रो टेस्ट आजदेखि इंग्ल्याण्डको लर्डसमा दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ ।

पहिलो टेस्टमा अष्ट्रेलिया विजय भएको थियो । इंग्ल्याण्डलाई अस्ट्रेलियाले २५१ रनले पराजित गर्दै पहिलो टेस्टमा विजयी भएको थियो । इंग्ल्याण्डले दोस्रो टेष्टको लागि घोषणा गरेको टिममा अली परेका छैनन् । अफ स्पिनर अलीको स्थानमा इंग्ल्याण्डले लेफ्ट आर्म बलर ज्याक लिचलाई टिममा राखेको छ । इंग्ल्याण्ड पाँच खेलको सिरिजमा १-० ले पछि परेको छ । आजको खेल लर्ड्समा हुने छ ।
आजदेखि सुरु हुने दोस्रो टेस्टमा इंग्ल्याण्डका खेलाडीहरु रातो क्याप लगाएर मैदानमा उत्रने छन् । फोक्सोको क्यान्सरबारे जनचेतना बढाउने उद्देश्यले खेलाडीहरुले यस्तो गर्न लागेका हुन् । इंग्ल्याण्डका पूर्व खेलाडी एन्ड्रू स्टार्सकी श्रीमती रुथ स्टार्सको फोक्सोको क्यान्सरबाट निधन भएको थियो ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...