एसिड हमला प्रकरण: अरूसँग सम्बन्ध रहेको शंकामा एसिड प्रहार गरेको भुजेलले बयान

एसिड हमला प्रकरण: अरूसँग सम्बन्ध रहेको शंकामा एसिड प्रहार गरेको भुजेलले बयानक्रुर र कहालीलाग्दो एक घटना, जहाँ आफनै श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरे

एसिड हमला प्रकरण:अरूसँग सम्बन्ध रहेको शंकामा एसिड प्रहार गरेको भुजेलले बयान

२ जेठ २०७६ काठमाडौँ: क्रुर र कहालीलाग्दो एक घटना बाहिर आएको छ । जहाँ आफनै श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरेका छन् ।

बुधबार साँझ करिब साढे सात बजे आफनै श्रीमानले २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार गरेका थिए ।

काभ्रे, धुलिखेलका भुजेललाई प्रहरीले काँडाघारीबाट पक्राउ गरेको हो।

उनले प्रहरीसँगको बयानमा ‘श्रीमती सँगै बस्न नमानेपछि त्यही रिसमा एसिड हानेको’ बताएका छन्।

मोटरसाइकल ग्यारेजमा काम गर्ने भुजेल र जेनी खड्काको छ वर्षअघि बिहे भएको थियो। उनीहरू दुई वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका थिए। दुई वर्षदेखि खड्काले छोरा पनि आफूसँगै हुर्काइरहेकी थिइन्।

‘जति फकाउँदा पनि जेनी सँगै बस्न नमानेपछि अरूसँग सम्बन्ध रहेको शंकामा एसिड प्रहार गरेको भुजेलले बयान दिएका छन्,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले सेतोपाटीसँग भने।

एसिड प्रहार गरेर भुजेल काँडाघारीको भट्टी पसलमा मादक पदार्थ सेवन गरिरहेका थिए। त्यही बेला प्रहरीले उनलाई पक्राउ गरेको हो।

बोतलमा एसिड भरेर ल्याएका भुजेलले जेनीको टाउकोमा खन्याइदिएका थिए। उनको टाउको र हात जलेको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...