एसईईमा नायिका करिश्माले ल्याइन ‘बी प्लस’ अंक

एसईईमा नायिका करिश्माले ल्याइन ‘बी प्लस’ अंक

एसईईमा नायिका करिश्माले ल्याइन ‘बी प्लस’ अंक

१२ जसार २०७६ काठमाडौँ : नायिका करिश्मा मानन्धरले ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड ल्याएकी छिन् । नायिका करिश्माले जीपीए ३ प्राप्त गरेकी हुन् । उनले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको बताइन् ।

एसईईको नतिजामा उत्तीर्ण भएपछी नायिका करिश्माले व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने प्रतिक्रिया संचार माध्यमलाई दिएकी छन् ।

आफू नजिताबाट हर्षित भएको भन्दै करिश्माले पढाइलाई अझै मिहेनतका साथ निरन्तरता दिने बताएकी छन् ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । संघीय संरचनाअनुसार दोश्रो पटक भएको परीक्षामा देशभरबाट यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।

२०७५ साल चैत्र १० गतेबाट सुरु भएको एसइइ परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सम्मेलित भएका थिए ।

चौथो पटक अक्षराङ्कन पद्दतिमा आधारित रहेर प्रकाशित हुन लागेको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि गराउन चाहाने परीक्षार्थीको लागि ग्रेडवृद्धि परीक्षाको समेत व्यवस्था छ ।

नतिजा कसरी हेर्ने ?

नतिजा हेर्न ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।

केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो । किनभने सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा प्रदेश तहलाई दिइसकेको छ ।
ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट www.see.ntc.net.np, अथवा http://result.soce.gov.np/ मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...