एमडी, एमएस, एमडीएमएसको प्रवेश परीक्षा कात्तिक ९ गते हुने

एमडी, एमएस, एमडीएमएसको प्रवेश परीक्षा कात्तिक ९ गते हुनेसरकार र निजी मेडिकल कलेज सञ्चालक फेरि आमुन्नेसामुन्नेमेडिकल कलेजहरुको नाफा डेढ अर्बनिजी मेडिकल कलेजको चेतावनी : एमबिबिएस र बिडिएसमा विद्यार्थी भर्ना गर्दैनौं (विज्ञप्तिसहित)पाँच वर्ष भित्र तीन सरकारी मेडिकल कलेज सञ्चालनमा आउनेनिजी मेडिकल कलेजको दादागिरी, मुकदर्शक सरकारएमबिबिएस भर्नामा गैरकानुनी शुल्क, नेशनल कलेजले अशुल्छ १४ लाख बढीबंगलादेशमा कालो सूचीका ३७ मेडिकल कलेजमा ६ सय नेपाली विद्यार्थी (क्याम्पसको नामसहित)

एमडी, एमएस, एमडीएमएसको प्रवेश परीक्षा कात्तिक ९ गते हुने

६ कार्तिक २०७६ काठमाडौँ: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले स्नातकोत्तर तहको एमडी, एमएस,एमडीएमएसको प्रवेश परीक्षा यही कात्तिक ९ गते सञ्चालन हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६÷७७ का लागि लिइने सो तहको प्रवेश परीक्षा स्थगन गर्न न्याम्सलाई १ कात्तिकमा निर्देशन दिएपछि कात्तिक २ गते सञ्चालन गर्ने भनिएको सो तहको परीक्षा स्थगन भएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री न्याम्सको सहकुलपति हुने प्रावधान रहेको छ ।

न्याम्सका डीन प्रा. डा. पीयुष दाहालले मन्त्रालयको निर्देशनअनुसार कात्तिक ९ गते शनिबार प्रवेश परीक्षा सञ्चालन हुन लागेको जानकारी दिए ।

न्याम्सलाई नयाँ शैक्षिकसत्रका लागि नेपाल मेडिकल काउन्सिलले एमडी/एमएस/एमडीएमएस ११५ र डिएम/एमसीएचतर्फ २१ सिट सङ्ख्या अध्ययन अध्यापन गर्न स्वीकृति दिएको थियो ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...