एक पटक नेपाल घुम्न अर्थमन्त्रीलाई गगन थापाको चुनौती (भिडियो)

एक पटक नेपाल घुम्न अर्थमन्त्रीलाई गगन थापाको चुनौती (भिडियो)

३० वैशाख २०७६ काठमाडौं : नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले गएको वर्ष आफ्ना निम्ति सुखद रह्यो भन्ने एक जना भेट्टाइदिन अर्थमन्त्रीलाई चुनौती दिएका छन् ।

संसदमा भएको प्रि-बजेट छलफलमा भाग लिँदै थापाले ‘राम्रै राम्रो भयो, सरकारले हरेक दिन एक कदम चालेकाले जनतामा खुसीयाली छायो’ भन्ने सरकारको दाबीको खण्डन गरे । ‘म विनम्रतापूर्वक अर्थमन्त्रीलाई चुनौतीका साथ भन्न चाहन्छु, एक पटक नेपाल घुमौं,’ उनले अघि भने, ‘प्रदेश सरकारदेखि स्थानीय सरकारसम्म, विद्यार्थी, शिक्षक, मजदुर, किसान, उद्यमी व्यवसायी कसैलाई पनि भेटौं, यो वर्ष मेरा निम्ति सुखद वर्ष रह्यो भन्ने एक जना भेटाइदिनुस् ।’

हेर्नुहोस भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *