एकै वर्ष विदेश पढ्न जान्छन् ६३ हजार,पहिलोमा अस्ट्रेलिया र दुस्रोमा जापान

एकै वर्ष विदेश पढ्न जान्छन् ६३ हजार

एकै वर्ष विदेश पढ्न जान्छन् ६३ हजार,पहिलोमा अस्ट्रेलिया र दुस्रोमा जापान

३ साउन २०७६ काठमाडौँ : नेपालबाट आर्थिक वर्ष २०७५–२०७६ मा नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ ।

सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दैगएको दाबी गरेतापनि आर्थिक वर्ष २०७४–२०७५ को तुलानमा गत वर्ष ५ हजार विद्यार्थीको संख्या बढेको हो ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले दिएको तथ्याङकअनुसार गत वर्ष अष्ट्रेलियामा ‘नो अब्जेक्सन’ लिने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ ।

असार मसान्तसम्म अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीको संख्या ३६ हजार ३ सय २४ रहेको छ । अन्य देशको तुलनामा अष्ट्रेलिया जाने विद्यार्थीको संख्या करिब ७० प्रतिशत बढी रहेको छ ।

अष्ट्रेलियामा अध्ययनसंँगै रोजगारीको अवसर पाउने भएपछि विद्यार्थीको संख्या बढेको शाखाले जनाएको छ ।

अष्ट्रेलियामा तुलनात्मक रुपमा सजिलै भिषा पाउने भएपछि त्यहाँ जानेको संख्या बढ्न थालेको शाखा प्रमुख महेश्वर शर्माले बताउनुभयो ।

शर्माका अनुसार गएको आर्थिक वर्ष अर्थात असार मसान्तसम्म करिब ६३ मुलुक अध्ययन गर्न जान विद्यार्थीले एनओसी लिएका छन् ।
उहाँका अनुसार विदेश अध्ययन गर्न एनओसी लिने दोस्रो मुलुक जापान हो ।

गएको आर्थिक वर्षमा ८ हजार ५ सय २३ जना विद्यार्थीले जापानको लागि एनओसी लिएका छन् । त्यस्तै कोरिया, अमेरिका,क्यानडा,बेलायत, स्वीजरल्याण्ड, इटाली,चीन,थाइल्याण्ड,जर्मन, फ्रान्स लगायत मुलुकका लागि एनओसी लिने विद्यार्थीको संख्या बढ्दो रहेको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...