एएफसी यू–१९ छनोट:आज नेपाल र युएई भिड्दै

एएफसी यू–१९ छनोट:आज नेपाल र युएई भिड्दै

एएफसी यू–१९ छनोट:आज नेपाल र युएई भिड्दै

२० कार्तिक २०७६ काठमाडौँ: आज देखि सुरु हुने एएफसी यू–१९ छनोटको पहिलो खेलमा नेपालले युएईसंग प्रतिस्पर्धा गर्दैछ ।

खेल तेहरानस्थित पीएएस मैदानमा नेपाली अनुसार साँझ ५ बजे सुरु हुनेछ ।

प्रतियोगिता खेल्न नेपाली टिम गत सोमबारनै ईरान प्रस्थान गरेको थियो ।

नेपाल रहेको एएफसी यू-१९ च्याम्पियनसिपको छनोटको समूह ‘डी’ मा आयोजक इरान, यूएई र किर्गिस्तान रहेको छ ।

नेपालले आज नोभेम्बर ६ मा यूएई, नोभेम्बर ८ मा इरान र नोभेम्बर १० मा किर्गिस्तान रहेको छ

समुह शीर्ष टिमले सोझै फाईनल चरणमा स्थान बनाउनेछ ।

नेपाली टिम :

गोलकिपर : विशाल सुनार, रोहित कार्की, पुजन होना

डिफेन्डर : बिशाल बस्नेत, सन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, नविन गुरुङ, रोशन दोङ, विकाश खवास, योगेश गुरुङ, निराजन महर्जन

मिडफिल्डर : दर्शन गुरुङ, रन्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, अनिल महर्जन, दिनेश हेम्जन

फरवार्ड : मनिष डाँगी, राजिव लोप्चन, रेजिन शुब्बा, दिपेश आले मगर

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...