एएफसी यू–१६ च्याम्पियनसिप छनोट: नेपाली फुटबल टोलि जोर्डन प्रस्थान

एएफसी यू–१६ च्याम्पियनसिप छनोट: नेपाली फुटबल टोलि जोर्डन प्रस्थान

एएफसी यू–१६ च्याम्पियनसिप छनोट:नेपाली फुटबल टोलि जोर्डन प्रस्थान

२६ भाद्र २०७६ काठमाडौँ: एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय यू-१६ फुटबल टिम आज बिहिबार विहान जोर्डन प्रस्थान गरेका छन् । प्रतियोगिताको लागि २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार नै विदाई गरेको छ ।

सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन् ।

नेपालले शनिबार जोर्डनको सामना गर्दै प्रतियागिताको सुरुवात गर्नेछ भने दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ यस्तै तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानको सामना गर्दा नेपालले अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।

नेपाली टिम :
गोलरक्षक : मनोज दहाल, जेनियस के सी, पथ्थुहाङ नेम्वाङ
डिफेन्डर : अजय चौधरी, अभिषेक आईवा, जान लिम्बु, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ, आमीर हमिद
मिडफिल्डर : नितेश श्रेष्ठ, क्रिष्टल शाक्य, जन्मे जय धामी, विपिन तुम्सिङ मगर, महित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई, निराजन खत्री
स्ट्राइकर : सशांक बोहरा, सुजन जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा, दिपेश राई

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...