ईतिहास रच्दै ट्रम्पले टेके कोरियाली जमिन

ईतिहासा रच्दै ट्रम्पले टेके कोरियाली जमिन

ईतिहास रच्दै ट्रम्पले टेके कोरियाली जमिन

`१५ असार २०७६ एजेन्सी : डोनाल्ड ट्रम्पले उत्तर कोरियाली जमिनमा पहिलो पटक अमेरिकी राष्ट्रपतिको रुपमा पाइला टेक्दै इतिहास रचेका छन् ।

ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उन दुवै नेताहरूले उत्तर कोरियामा आफ्ना पाइला राख्नु अघि दसगजा क्षेत्रमा उभिएर हात हल्लाए । ट्रम्पले भने, ‘ “त्यस रेखामा मैले टेक्न पाउनु किमको महानता हो ” र म उनलाई पनि व्हाइट हाउसमा निम्तो दिन्छु ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच केही बेरअघि मात्र दुई कोरियाबीचको सीमा क्षेत्रमा भेट भएको छ।

ट्रम्पले शनिवार एक ट्वीट सन्देशमार्फत अचानक उत्तर कोरियाली नेतासँग भेट गर्ने आफ्नो योजना सार्वजनिक गरेका थिए जसले एक प्रकारको तरङ्ग उत्पन्न गराइदियो।

आइतवार विहानसम्म दुई नेताबीच भेट हुने निश्चित भइसकेको थिएन।

ट्रम्प केहीबेर अघि भेटका लागि दक्षिण कोरियाली राष्ट्रपति र अन्य उच्च अधिकारीहरू सहित असैनिकीकृत क्षेत्र पुगेका थिए।

त्यहाँ स्थानीय समय अनुसार अपरान्हको समयमा दुई नेताबीच छोटो भेट हुँदा आपसमा हात मिलाएका थिए। त्यसपछि दुवै सँगै उभिएर सञ्चारमाध्यम सामु उभिएका थिए।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...