इमर्जिङ कपका लागि नेपाली टिमको घोषणा

विश्वकप एसियन फाइनल क्वालिफायर: नेपालको खेल र प्रतिस्पर्धि बारे जानकारी आईसीसीको टी-ट्वान्टी वरीयतामा नेपाल १४ औं स्थानमानेपाल र यूएईबीचको खेल सुरु हुनुअघि वर्षानेपाल र युएई तेस्रो टि-२० आज,नेपाललाई अर्को इतिहास रच्ने मौका

इमर्जिङ कपका लागि नेपाली टिमको घोषणा

२१ कार्तिक २०७६ : इमर्जिङ कपका लागि नेपाली टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बंगलादेशमा अर्को सातादेखि हुने इमर्जिङ नेसन्स कपका लागि १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ ।

प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा पाकिस्तान, ओमान,श्रीलंका र अफगानिस्तान रहेका छन् । नेपाल भने समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भारत,बंगलादेश र हङकङ रहेका छन् ।

नेपालले भारतसँग कात्तिक २८, हङकङसँग कात्तिक ३० र मंसिर २ मा बंगलादेशसँग खेल्ने छ । समुह चरणका शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनल मंसिर ४ र ५ गते हुने छ । फाइनल मंसिर ७ मा हुने छ ।

नेपाली टोली :

ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्र सिंह ऐरी, शरद भेषवकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन सरार्फ, सन्दीप जोरा, सुसन भारी, इशान पाण्डे, मोहम्मद आरिफ शेख, अभिनाश बोहोरा र कुशल भुर्तेल

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...