इन्डियन आइडल: नेहाको गाला चुमेर प्रतियोगिले गरे अभद्र व्यवहार

इन्डियन आइडल: नेहाको गाला चुमेर प्रतियोगिले गरे अभद्र व्यवहार

इन्डियन आइडल: नेहाको गाला चुमेर प्रतियोगिले गरे अभद्र व्यवहार

इन्डियन आइडलको -११ को अडिसनका क्रममा एक प्रतियोगिले नेहासँग अभद्र व्यवहार गरेका छन् ।

गायिका नेहा कक्कडलाई प्रतियोगिले जबर्जस्ती नेहाको गालामा चुम्बन गरेका छन् ।

सोनी टेलिभिजनले आफ्नो इन्स्टाग्रँममा उक्त घटनासंग सम्बन्धि एउटा भिडियो शेयर गरेको थियो ।

उक्त भिडियोमा एक व्यक्ति राजस्थानी पहिरनमा सजिएर आफ्नो हातमा नेहाका लागि थुप्रै वटा उपहारहरु लिएर आए थिए ।

उनको हातमा नेहाको नामको टैटू समेत थियो ।

नेहा जब उनलाई भेट्न गइन्, त्यसपछि ती युवाले नेहालाई आफूलाई चिनेको हो ? भन्ने जिज्ञासा राखे । त्यसपछि नेहाले ती व्यक्तिलाई मायालु पाराले अंगालो हालिन् ।

त्यहि बेला ती प्रतियोगिले नेहाको गालामा अभद्र व्यवहार देखाउदै चुम्बन गरिदिए ।

त्यो दृष्य देखेर कार्यक्रमका सञ्चालक आदित्य नारायण झा तथा निर्णयक अनु मलिकसहित त्यहाँ उपस्थित सबै आश्चर्यमा परेका थिए ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...