आयाक्सले जितो डच लिग च्याम्पियन

आयाक्सले जितो डच लिग च्याम्पियन

२ जेठ २०७६ एजेन्सी: डच क्लब आयाक्सले लिग घरेलु लिग च्याम्पियन जितेको छ । आयाक्सले ५ वर्षपछि डच लिग च्याम्पियन हात परेको हो ।

बुधबार राति भएको खेलमा आयाक्सले डि ग्राफस्क्यापलाई ४–१ ले पराजित गर्दै च्याम्पियन हात परेको हो । लासे शान , निकोलस ट्यागलियाफि र टाडिकले दोस्रो हाफमा दुई गोल गर्दै टिमलाई ऐतिहासिक जित दिलाएका हुन् ।

अजाक्सका स्टार मिडफिल्डर फ्रेन्की डे जोङ यसै सिजन पछाडी ६५ मिलियन पाउण्डमा स्पेनिस क्लब बार्सिलोना जादैछन् । युवा कप्तान म्याथिज्स डी लिग्ट लगायतका केही युवा खेलाडीले समेत यसै सिजन क्लब छाड्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *