आमाकै संलग्नतामा छोरीमाथि पटक–पटक बलात्कार

आमाकै संलग्नतामा छोरीमाथि पटक–पटक बलात्कार

6 साउन २०७६ धनुषा : धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ ।

भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएसँगै सबैको होस उडेको छ ।

रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लाने भनी भारतको दिल्ली पु¥याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका सीतारामसँग यौन सम्पर्क गर्न लगाएको पीडित बालिकाले बताएकी छन् ।

दलित समुदायकी ती बालिकालाई आमाकै मिलेमतोमा सीतारामले दिल्ली पु¥याएर १५ दिन बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन्।

‘दिल्लीमा आमाकै अगाडि दिनदिनै बलात्कार गथ्र्यो,’ पीडित बालिकाले भनिन्, ‘आमा केही भन्दिनथिन्। उल्टै मलाई गाली गर्थिन् ।

प्रतिकार गर्न खोज्दा ज्यान मार्ने, काटिदिनेलगायत अनेकखाले धम्की दिइन्थ्यो।’

यो समाचार आजको नागरिक दैनिकमा कमलेश ठाकुरले लेखेका छन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...