आधादर्जन गोलगर्दै पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा

आधादर्जन गोलगर्दै पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा

१ फागुन २०७६ एजेन्सी: लिग वान क्लब डिजोनमाथि आधादर्जन गोलगर्दै पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ। पीएसजीले घरेलु टोलीलाई डिजोनलाई ६-१ ले पराजित गर्दै फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको हो।

आधादर्जन गोलगर्दै पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा

पीएसजीले आधादर्जन गोल गर्ने क्रममा पाब्लो सारावियाले दुई गोल गरे भने लियन एमबाप्पे र थियागो सिल्भाले समान १ गोल गरेका थिए। पीएसजीले दुई गोल उपहार पाएको थियो । घरेलु टोलीका मुनिर चोउएरले सान्त्वना गोल गरे ।

पीएसजीले खेलको पहिलो मिनेटमै अग्रता बनाउन सफल भयो । वेस्ले लाउटोआकोले १ मिनेटमै आत्मघाति (उपहार गोल) गर्दै पीएसजीलाई अग्रता दिलाए। डिजोनका मौनीर चौईरले १३ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । तर दोस्रो गोल पीएसजीका लियन एमबाप्पेले गोल गरे पछि पीएसजी २-१ को अग्रता बनाउन सफल भयो। दोस्रो गोल खेलको ४४ औं मिनेटमा भएको थियो ।लियन एमबाप्पेको गोल गरे सँगै पहिलो हाफ २-१ ले सकिएयो ।

आधादर्जन गोलगर्दै पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा

तेस्रो गोल दोस्रो हाफको ५० औं मिनेटमा भएको थियो । तेस्रो गोल थिएको सिल्भाले गरेका थिए । थिएको सिल्भाको गोल सँगै पीएसजी अग्रता ३-१अगाडी बढायो । त्यसलगतै खेलको ५५ मिनेटमा पीएसजीको लागि चौथो गोल भएको थियो । पीएसजीको लागि चौथो गोल पाब्लो सारावियाले गरेका थिए। खेलको ८६औं मिनेटमा सिनोउ कोउलीवालीले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा ५–१ को आरामदायी अग्रता बनायो ।

आधादर्जन गोलगर्दै पीएसजी फ्रेन्च कपको सेमिफाइनलमा

ईन्जुरी समयमा साराबियाले ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ६-१को फराकिलो जित दिलाए। अर्को सेमीफाइनल ज राति इपिनल र सेन्ट इटिनेबीच हुँदै छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ