आज विश्व रक्तदाता दिवस मनाइदैं

आज विश्व रक्तदाता दिवस मनाइदैं

आज विश्व रक्तदाता दिवस मनाइदैं

३१ जेठ २०७६ काठमाडौँ: आज विश्व रक्तदाता दिवस ,रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ आज देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

बजारमा रगतको अभाव हुन नदिन रक्तदान गरौं भन्ने सन्देशसहित स्वास्थ्यसँग सम्बन्धित विभिन्न संघ–संस्थाले संयुक्त रुपमा रक्तदाता दिवस मनाएका हुन् ।

रक्तसञ्चार सेवाको ५० वर्षको इतिहासमा नेपाल रेडक्रस सोसाइटीले विभिन्न रक्तदाता सङ्घसंस्था र स्वयम्सेवी रक्तदाताको सहयोगमा रक्त सङ्कलन गरी आवश्यक सेवा र्पुयाउँदै आएको छ ।

नेपालमा अहिले देशभरि एक दिनमा झन्डै दुई हजारजना रगतको खोजीमा रक्तसञ्चार केन्द्र पुग्ने गरेको रक्तसञ्चार सेवा केन्द्रको अनुमान छ ।

त्यस्तै विश्व स्वास्थ्य संगठनले भविष्यमा आउन सक्ने विपत्तिको अवस्थामा तयार रहनका लागि रक्तदानका लागि अहिले नै अग्रसर हुन सबैसँग आग्रह गरेको छ ।१६ वर्षभन्दा बढी र ५० किलोग्रामभन्दा बढी तौल भएका व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन्।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...