आज प्रिमियर लिगमा सिजनको अन्तिम खेल,देला त लिभरपुललाई भाग्यले साथ ?

आज प्रिमियर लिगमा सिजनको अन्तिम खेल,देला त लिभरपुललाई भाग्यले साथ ?

२९ बैशाख २०७६ एजेन्सी: इंग्लिस प्रिमियर लिग फुटबलको उपाधिको लागि आज अन्तिम खेल हुँदै छ ।आज सबै खेल रातिको इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि ७:४५ बजे देखि हुँदै छ । तर आज हेर्न लाएक पौने ८ बजेदेखि सुरु हुनेछ ।

लिगको अन्तिम खेलमा सिटीले आज ब्राइटनसँग अवे मैदानमा खेल्दैछ । त्यसैगरी, दोस्रो स्थानको लिभरपुलले आफ्नो खेल उल्भ्ससँग आफ्नो घरमा खेल्दैछ ।

पोइन्ट टेबल हेर्दा सिटी एक कदम अगाडि छ भने च्याम्पियन्स लिगको फाइनलमा पुगेको लिभरपुलले सिटीलाइ पछ्याइरहेको छ । लिभरपुलले सन् १९९० मा अन्तिम पटक प्रिमियर लिगको उपाधि जितेको थियो भने म्यानचेस्टर सिटी साविक बिजेता हो ।

सिटी ९५ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । लिभरपुल एक अंकले पछाडी दोस्रो स्थानमा छ ।

अर्को कुरा लिभरपुलले उल्भ्सलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्दै गर्दा सिटी भने बिङ्टोनको भ्रमणमा निस्कनेछ ।

सिटीलाई उपाधि रक्षा गर्न जितनै पर्याप्त छ । तर लिभरपुललाई आफ्नो जितसंगै सिटीको कम्तिमा बराबरीको कामना गर्नुको विकल्प छैन । सिटीले पछिल्ला १३ खेलमा लगातार जित निकालेको छ । लिभरपुलले पछिल्ला ८ खेलमा लगातार जित आत्मसाथ गरेको छ ।

आजका खेलहरू :

टोटनह्याम भर्सेस एभर्टन
म्यानचेस्टर युनाइटेड भर्सेस कार्डिफ सिटी
वाटफोर्ड भर्सेस वेस्ट ह्याम
साउथह्यामपटन भर्सेस हुडर्सफिल्ड
लेस्टर सिटी भर्सेस चेल्सी
फुलहाम भर्सेस न्यु क्यास्टल
लिभरपुल भर्सेस उल्भ्स
क्रिस्टल प्यालेस भर्सेस बोर्नेमाउथ
ब्राइटन भर्सेस म्यानचेस्टर सिटी
बर्नली भर्सेस आर्सनल

Leave a Reply

Your email address will not be published. Required fields are marked *