आज निर्जला एकादशी,तुलसीको बिउ राख्ने दिन

आज निर्जला एकादशी,तुलसीको बिउ राख्ने दिन

आज निर्जला एकादशी,तुलसीको बिउ राख्ने दिन

३० जेठ २०७६ काठमाडौँ: जेष्ठ शुक्ल एकादशी अर्थात् आज निर्जला एकादशी । तुलसीको बिउ राख्ने दिन हो आज । आज छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसी मठमा सार्ने विधान छ। वर्ष भरीका एकादशीको पुण्य प्राप्त हुने विश्वासमा आजका दिन पानी पनि नखाई ब्रत बस्ने र भगवान विष्णुको पूजा गर्ने चलन छ ।

आजको दिन निराहार नसके पनि एक छाक गाईको दूध र फलाहार भोजन गरेर पनि व्रत गर्नुपर्दछ ।

यस दिनमा भगवान श्रीहरिकी प्रियतमा तुलसीको बीज रोपण गरिन्छ। यो दिन रोपण गरिएकी तुलसी उमारेर हरिशयनी एकादशीमा पुनः रोपण गर्ने विधान रहेको छ।एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने र माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ। एकादशी शुक्ल र कृष्ण पक्षमा गरी महिनामा दुई पटक पर्छ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...