आजको राशिफल – (23 JULY 2018 ) – AAJAKO RASHIFAL – TODAY’S HOROSCOPE

आजको राशिफल – (23 JULY 2018 ) – AAJAKO RASHIFAL – TODAY’S HOROSCOPE
वि.सं. २०७५ साल साउन ७ गते। सोमबार। इश्वी सन् २०१८ जुलाई २३ तारिख। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– एकादशी, १८:१० बजेउप्रान्त द्वादशी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। स्वयं आँट गर्न नसक्दा अरूको सहयोग आवश्यक पर्ला। तर, अरूको मात्र भरपर्दा काम अधुरो रहनेछ। आत्मविश्वासको कमीले पछि परिए पनि बुद्धिको उपयोगले काम बन्नेछ। ढिलै भए पनि योजना कार्यान्वयनमा आउनेछ। कामको सन्दर्भमा आफ्नैसँग पनि प्रतिस्पर्धा गर्नुपर्ला। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। काम दोहोर्याउनुपरे पनि अन्तत: फाइदै हुनेछ। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनाले काम बन्न सक्छ। चुनौती देखिए पनि साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। भेटघाटले उत्साह बढाउला। फाइदा कमै भए पनि तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। अर्थ अभावले अलि सताउन सक्छ। काममा आँट गर्न नसक्दा अरूले फाइदा उठाउन सक्छन्। समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। तापनि मिहिनेतले अवसर दिलाउनेछ भने सहयोगीहरूको साथले उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहार प्राप्त हुन सक्छ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। विवादास्पद जिम्मेवारीले पनि चुनौती निम्त्याउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। पहिलेकै समस्या दोहोरिन सक्छन्। स्वास्थ्य-उपचारमा खर्च बढ्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्त गर्न पछि परिनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला। अर्थअभाव खट्किनाले काममा बाधा आउन सक्छ। फाइदाका पछि लाग्दा समस्या आउन सक्छन्। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्ने देखिन्छ। व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

परिबन्धले समस्या निम्त्याउने देखिएकाले आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। सहयोगीहरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ।आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। मिहिनेतको फल प्राप्त हुनेछ। दिगो काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। तर केही लाभांश अरूका लागि पनि खर्चनुपर्ला।परिस्थितिसँग सम्झौता गरेरै भए पनि पछिका लागि सोच्नुपर्ने देखिन्छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा जोगिएर काम गर्नुहोला। आर्थिक रूपमा कममात्र फाइदा हुनेछ। कामबाट तत्काल लाभ नहुन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्याउन सक्छ। आँटले काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या होला। अप्रिय समाचारले मन खिन्न रहनेछ। तापनि मिहिनेतले मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषिबाट सामान्य लाभ मिल्नेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

घरेलु समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। परिवारमा आमाको सहयोगबाट फाइदा मिल्नेछ। मिहिनेतले जिम्मेवारी दिलाउनेछ। तर सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। व्यवसायमा प्रतिस्पर्धा गर्नुपर्नेछ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। तापनि भविष्यका लागि काममा जग बसाउने मौका छ। काममा आफन्तको साथ जुट्नेछ। सम्झौताले उत्साह जगाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। तर बेसुरमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले केही काम बनाउन सकिनेछ। प्रयत्न गर्दा भैपरी आउने समस्या सुल्झनेछन्। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। तर, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको काममा तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। दाजुभाइका तर्फबाट अपेक्षित फाइदा प्राप्त नहुन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै विशेष उपहार प्राप्त होला। सोखले खर्च भने बढाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने आर्थिक क्रियाकलापमा समेत मनग्गे फाइदा हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

केही खर्च लागे पनि चिताएको काम सम्पादन हुनेछ। पहिलेका साथीभाइ टाढिए पनि नयाँ साथीभाइ फेला पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-चिन्ताले सताउला। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। तापनि बुद्धि लगाउँदा लक्ष्य प्राप्त हुनेछ। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला।व्यवसायमा लगानी बढाउन सकिनेछ। वैदेशिक व्यापार तथा रोजगारीमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रयास गर्दा फाइदा हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

धेरै आम्दानी नभए पनि उठ्नुपर्ने रकम हातलागी हुनेछ। सहयोगी जुट्नाले काममा उत्साह जाग्नेछ। अचल सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्।नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार बढ्नेछ भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको प्रतिफल हातपार्न केही समय लाग्नेछ। तत्काल लाभ नभए पनि मिहिनेतले नाम र प्रतिष्ठा दिलाउन सक्छ। बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ। सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। पारिवारिक असमझदारीले पनि काममा केही अप्ठ्यारो पर्ला। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ।सहयोगीहरूले हात झिक्नाले परिस्थिति आफ्नो पक्षमा नरहन सक्छ। सामान्य अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ने हुन सक्छ।

सोसियल मिडियामा सेयर गर्नुहोस !
Loading...