आजको राशिफल 2076 | Nepali Rashifal | aja ko rashifal

आजको राशिफल 2076 | Nepali Rashifal | aja ko rashifal

आजको राशिफल 2076 | Nepali Rashifal | rashifal in nepali | aajako rashifal | aja ko rashifal

मेष राशी – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Mesh)

परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। धेरै बोल्दा समस्या आउन सक्छ। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। (विश्व घटना)

आजको राशिफल 2075 | Nepali Rashifal | rashifal in nepali | aajako rashifalबृष राशी – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Brish)

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। सानो काममा अधिक खर्च हुनाले चिन्ता बढ्नेछ। अवसरवादीहरूबाट विशेष सजग रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन गर्न सकिनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाले नै नयाँ अवसर पनि दिलाउन सक्छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। (विश्व घटना)

आजको राशिफल 2075 | Nepali Rashifal | rashifal in nepali | aajako rashifalमिथुन राशी – का, कि, कु, घ, ङ, छ, के, को, ह (Mithun)

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। शुभचिन्तकहरूले साथ दिने हुँदा प्रतिष्ठित काम गर्ने मौका छ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। सानो प्रयत्नले नाम, दाम र इनाम दिलाउनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ। व्यापारमा राम्रै उपलब्धि हासिल हुनेछ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। (विश्व घटना)

आजको राशिफल 2075 | Nepali Rashifal | rashifal in nepali | aajako rashifalकर्कट राशी – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Karkat)

छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। परिस्थिति अलि संघर्षपूर्ण रहने देखिन्छ। प्रयत्न गरेका काम बिस्तारै सम्पादन हुनेछन्। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। नयाँ काममा योजना बनाएर अघि बढ्दा फाइदा हुनेछ। सोखले पनि व्यावसायिक मार्ग अवलम्बन गराउन सक्छ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि अन्त्यमा स्थिति अनुकूल हुनाले फाइदै हुनेछ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। (विश्व घटना)

आजको राशिफल 2075 | Nepali Rashifal | rashifal in nepali | aajako rashifalसिंह राशी – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। आश्वासन बाँड्नेहरूले व्यवहारमा झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। परिस्थितिवश काममा बाधा हुनेछ। तापनि हिम्मतले काम लिँदा परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। फाइदाका लागि पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ। अग्रजहरूको सहयोग प्राप्त हुनाले बिस्तारै काम सम्पादन हुनेछन्। आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। दैनिक काममा उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। (विश्व घटना)

आजको राशिफल 2075 | Nepali Rashifal | rashifal in nepali | aajako rashifalकन्या राशी – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Kanya)

पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। दिन उत्साहपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ भने विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ। मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। रमाइलो यात्रा हुनेे सम्भावना छ। प्रेम र मित्रताको बन्धन कसिलाे हुनेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामकाे यश लिने अवसर छ। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। (विश्व घटना)

आजको राशिफल 2075 | Nepali Rashifal | rashifal in nepali | aajako rashifalतुला राशी – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Tula)

सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रमाइलाे समय छ। चिताएकाे काम बन्नाले नयाँँ काम सुरु हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मिहिनेतले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन गर्न सकिनेछ। नतिजाले उत्साह जगाउनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। (विश्व घटना)

आजको राशिफल 2075 | Nepali Rashifal | rashifal in nepali | aajako rashifalबृश्चिक राशी – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Brischik)

पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। आफ्नाबाट भने टाढिनुपर्ला। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अरूकै लागि बुद्धि र श्रम खर्चनुपर्ला। समय अभावले योजना अधुरै रहनेछ। (विश्व घटना)

आजको राशिफल 2075 | Nepali Rashifal | rashifal in nepali | aajako rashifalधनु राशी – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Dhanu)

पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। काम बन्नुका साथै धनलाभ हुनेछ। आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्ने सम्भावना छ। काम र व्यवसायमा राम्रै फड्को मार्न सकिनेछ। बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ। तर अधैर्य व्यवहारले आत्मसम्मानमा आघात पुर्याउन सक्छ, सजग रहनुहोला। (विश्व घटना)

आजको राशिफल 2075 | Nepali Rashifal | rashifal in nepali | aajako rashifalमकर राशी – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Makar)

स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। बाध्यतामा अलमलिनुपर्दा चिताएको काममा बाधा आउला। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने सहयोगीहरू पछि हट्नेछन्। जीवनशैली व्यस्त देखिए पनि सामान्य काममा समय बित्नेछ। तापनि, गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। विवादास्पद कामको जिम्मेवारी आउन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। अरूकै लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। यात्राका नाममा अनावश्यक खर्च हुन सक्छ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। (विश्व घटना)

आजको राशिफल 2075 | Nepali Rashifal | rashifal in nepali | aajako rashifalकुम्भ राशी – गु, गे, गो, सा, सि, सु, से, सो, द (Kumbha)

प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। (विश्व घटना)

आजको राशिफल 2075 | Nepali Rashifal | rashifal in nepali | aajako rashifalमीन राशी – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Min)

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ। हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्य कमजोर हुनाले आँटेको काममा बाधा हुन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। मिहिनेत गर्दा पछि फाइदा हुने काम सम्पादन हुनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। तापनि, साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। (विश्व घटना)

आजको राशिफल (Aajako rashifal) provides you with your Nepali Rashifal daily horoscope(राशिफल). Our Web application will help you to read your daily horoscope forecast i.e. rashifal in Nepali. If you want to know about your horoscope visit our website daily.

Rashifal nepali today brings you your forecast from the industry’s finest astrologers all in one place.

Horoscope is the interpretation of astrologer(ज्योतिष) about your daily life according to the position of the Sun, Moon, Planets and other astrological aspects. we provide the rashi of all 12 rashis i.e. Mesh, Brish, Mithun, Karkat, sinha, Kanya, Tula, Brischik, Dhanu, Makar, Kumbha and meen.

The Rashifal of a person is the position at the moon during the time of his birth. According to the position of the dynamic planets in “Chandraraashi”, there is a change in a person’s interest, behaviour, health and situation.

The willpower of Mind (the Moon) and the discrimination power of Soul (the Sun) are the major factors behind one’s performance.

The planets, that are indicator to the senses create a variety of circumstances. Human life is entangled in these circumstances.

From birth till death, various situations that we face in life like growth and decline, happiness and sorrow, friend and enemy, affluence, scarcity, poverty, disease, state, esteem, children, family including all our specified actions are mobilized by the planets.

The Rashifal presented here has been designed on the basis of classic opinions. In particular, the various horoscope positions of the planets, their daily speed including circumstantial force, and by evaluating other planets “bedh-pratibedh”, good and sinned vision.

And the impact, and mainly by the conclusion of the official texts “Brihatsanhita”, “Muhurtachintamani”, “Muhurtamartanda”, “Phaladipika”, “Jaatakaparijata”, “Brihaddaivajnaranjanam”, an effort has been made to make the horoscope reliable in a classical way.

Note: Whatever your forecast is you shouldn’t be discourage by it. You should be devoted towards your work and should be helpful to others. You shouldn’t wait for your luck or let horoscope decide your luck.