आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/१३ देखि २०७६/०६/१५) जारी

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/१३ देखि २०७६/०६/१५) जारी‘दशैंसम्म वर्षा हुन्छ’– मौसमविद्यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानमनसुन अझै एक साता लम्बिनेआज देशका केहि स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रहआज मेघ गर्जनसहित वर्षा हुने सम्भावनाआज देशभर मेघगर्जन र चट्याङसहित वर्षाआगामी तीन दिनसम्म मेघ गर्जन र चट्टयाङ्गसहित वर्षा हुनेआजको मौसमः यी भू–भागमा चट्याङसहितको पानी पर्नेतीन दिनसम्म केही स्थानमा भारी वर्षाको सम्भावनाआइतबारदेखि शुक्रबारसम्म चट्याङसहित पानी पर्ने सम्भावना

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०६/१३ देखि २०७६/०६/१५) जारी

मौसम विश्लेषण )Meteorological Analysis):

भारतको गुजरात र अरब सागर आसपासमा रहेको न्यून चापिय प्रणाली अवदाब (Depression) मा परिवर्तित भएको छ। भारतको उत्तर प्रदेशमा रहेको न्यून चपीय प्रणालीको असर नेपालको पूर्वी र मध्य भू-भागमा रहेको छ। यि दुई प्रणालीका कारण नेपाल मा बंगालको खाडी र अरब सागर बाट जलवाष्पयुक्त हावा आइरहेको छ।

देशभर समग्र मौसमको अवस्था )Present Weather Status):

हाल देशका पूर्व र मध्य भू-भागमा सामान्य देखि पूर्णतया बदली रही पूर्वका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

असोज १३ गते (सोमबार)
दिउँसो: देशका पूर्वी र पश्चिमि भू-भागमा आंशिक देखि सामान्य बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जन सहित चट्याङ्गको सम्भावना छ।

राती: देशको पूर्व र मध्य भेगमा आंशिक देखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ। पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ।

असोज १४ गते (मंगलबार)

दिउँसो: देशभर आंशिक बदली रही थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।

राती: देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्व र मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने छ।

असोज १५ गते (बुधबार)

दिउँसो: देशभर आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती: देशभर आंशिक बदली रही पूर्व र मध्य पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ |

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...