आखिर किन मन्दिरमा नरिवल चढाइन्छ र फोडिन्छ ?

आखिर किन मन्दिरमा नरिवल चढाइन्छ र फोडिन्छ ? स्वास्थ्य टिप्स: हेर्नुहोस नरिवल सेवनको १५ लाभदायक फाइदाहरु नरिवलको पानी खानुका आश्चर्यजनक फाईदाहरु

आखिर किन मन्दिरमा नरिवल चढाइन्छ र फोडिन्छ ?

मन्दिरमा धेरै चडाइने वस्तुहरु मध्येम एक नरिवल पनि हो । नरिवललाइ संस्कृतमा नारिकेल भनिन्छ। श्रीफला पनि भनिन्छ नरिवललाइ जसको अर्थ हुन्छ ‘शुभ फल’। भगवानलाइ चढाउनको लागि राम्रो अनि उच्च फल मानिन्छ त्यसैले त महाफला पनि भनिन्छ यो फललाइ।

नरिवललाइ धेरै जस्तो शुभकार्यको अगाडी प्रयोग गरिन्छ। तोरण झै घरको ढोकामा कुनै शुभकार्य पुर्व नरिवल फोडिन्छ। नरिवललाइ उर्वरताको प्रतिक मानिन्छ। त्यसैले धार्मिक विश्वास अनुसार, यदि कोही स्त्रीलाइ सन्तानको इच्छा भएमा नरिवलको रुख रोपेमा सन्तान प्राप्ति हुनेछ।

नरिवललाइ विवाह, कुनै चाडपर्व, नयाँ सवारी साधनको प्रयोग गर्दा, बाटो तथा पुल निर्माण गर्दा, घरको जग हाल्दा आदी कार्यमा पनि प्रयोग गरिन्छ। कुनै कार्यको शुभारम्भ पुर्वनै सबै काम राम्रोसंग होस् भनि नरिवल प्रयोग गरिने धार्मिक मान्यता छ।

नरिवल फुटाउदा सांकेतिक रुपमा व्यक्तिको अहंकारपनि टुट्ने बुझिन्छ। अहंकारलाइ व्यक्तिगत अनि आध्यात्मिक बिकासको लागि सबैभन्दा ठुलो शत्रु मानिन्छ। हिन्दु ग्रन्थ अनुसार नरिवल फलनै ऋषि विश्वामित्रले बनाएका थिए। राजा सत्यवर्त मानिसकै रुपमा स्वर्गलोक जान चाहन्थे तर स्वर्गका देवताहरुले आउन नदिएको कारणले सहयोगार्थ विश्वामित्रले नरिवलको उत्पति गराएका थिए। सत्यवर्त सूर्यवंशका चर्चित अनि धर्मात्मा राजा थिए। सत्यवर्तको एउटै इच्छा थियो, आफ्नो शरिर समेत नै स्वर्गलोक हुने।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...