आखिर किन नाभासलाई क्लब छाड्न रियल म्याड्रिडले सुझाव दियो ?

आखिर किन नाभासलाई क्लब छाड्न रियल म्याड्रिडले सुझाव दियो ?

३१ बैशाख २०७६ एजेन्सी : नाभासलाई क्लब छाड्न रियलले सुझाव दिएको छ । यो वर्ष रियल म्याड्रिडको प्रदर्शन चिन्ताजनक रहेको छ । ला लिगाको पोइन्ट टेबलमा रियल म्याड्रिड तेस्रो स्थानमा रहेको छ ।

प्रशिक्षक जिनेदिन जिदानले थिबाउट कोर्टुवालाई आफ्नो पहिलो रोजाईको गोलरक्षकका रुपमा परेपछि नाभासलाई रियल म्याड्रिड क्लब व्यवस्थापनले विकल्प रोज्न भनेको हो ।

उनले यो जनवरीमा मात्रै नयाँ सम्झौता हस्ताक्षर गरेका थिए । अब उनले खेल्न नपाउने भएपछि अन्यत्र नै आफ्नो भविष्य खोज्न क्लबले सुझाव दिएको हो । जिदानले गत साता मात्र कोर्टुवा नै आफ्नो पहिलो रोजाईको गोलरक्षक रहने पक्का गरेका थिए । कोर्टुवा यसै सिजन रियल आएपनि उनको प्रदर्शन सन्तोषजनक रहन सकेको छैन ।

यसै साता रियल बेटिसविरुद्ध उनले रियलका लागि अन्तिम खेल खेल्ने सम्भावना छ ।नाभासले रियलमा रहेर ३ पटक च्याम्पियन्स लिग, एक पटक ला लिगा उपाधि, तीन फिफा क्लब विश्वकप तथा ३ पटक युरोपेली सुपर कप उपाधि जिते।

Leave a Reply

Your email address will not be published. Required fields are marked *