आईसीसीको ‘हल अफ फेम’मा सचिन तेन्दुलकरसहित ३ खेलाडी

आईसीसीको 'हल अफ फेम'मा सचिन तेन्दुलकरसहित ३ खेलाडी

आईसीसीको ‘हल अफ फेम’ मा सचिन तेन्दुलकरसहित ३ खेलाडी

३ साउन २०७६ एजेन्सी: आईसीसीको ‘हल अफ फेम’ मा सचिन तेन्दुलकरसहित ३ खेलाडी सम्मानित गरेको छ ।

बिहीवार आइसीसीले भारतका सचिन, दक्षिण अफ्रिकी फास्ट बलर एलान डोलान्ड र पुर्व महिला तिब्र गतिकी बलर क्याथरिन फाजफ्रिकलाई हल अफ फेमबाट सम्मानित् गरेको छ ।

आइसीसीको हल अफ फेम जस्तो उच्च सम्मान पाउने सचिन छैटौँ भारतीय खेलाडी बनेका छन्। यसअघि भारतबाट विशन सिंह बेदी, कपिल देव, सुनिल गावस्कर, राहुल द्रविड र अनिल कुम्बले यस सूचीमा परिसकेका छन्।

हल अफ फेमबाट सम्मानित भएपछि सचिनले यस क्षण अविश्वसनीय र सम्मान पाउने भाग्यशाली बन्दा निकै खुशी लागेको बताएका छन् ।

विश्व क्रिकेटमा सचिनले सन् २०१३ बाट सन्यास लिएका थिए । सचिनले टेष्ट क्रिकेटमा १५ हजार ९२१ रन बनाएका छन् । सचिनले एकदिवसीयमा १८ हजार ४२६ रन जोडेका छन् ।

टेष्ट र एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान सचिनको नाममा रहेको छ । सचिनले आफ्नो खेल जीवनमा १०० बढी शतक बनाएका छन् ।

सचिनसँगै दक्षिण अफ्रीकाका पूर्व क्रिकेटर एलन डोनाल्ड पनि ‘आईसीसी हल अफ फेम’ बाट सम्मानित भएका छन् । ५२ बर्षे बलर डोनाल्डले दक्षिण अफ्रीकाबाट ३३० टेष्ट र २७२ एकदिवसीय विकेट लिएका थिए ।

यस्तै अष्ट्रेलिया महिला क्रिकेट टिमकी पूर्व खेलाडी क्याथरिन फिट्जप्याट्रिक पनि ‘आईसीसी हल अफ फेम’ बाट सम्मानित भएकी छिन् ।

आईसीसीमा अहिलेसम्म इङल्याण्डबाट सबैभन्दा धेरै २८ खेलाडी समावेश छन् भने अस्ट्रेलियाबाट २५, वेस्टइन्डिजबाट १८, भारतबाट ६, पाकिस्तानबाट ५, न्यूजील्याण्डबाट ३, दक्षिण अफ्रीकाबाट २ र श्रीलंकबाट १ खेलाडी छन्।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...