आइसीसीकाे नयाँ नियम, खेलाडी घाइते भएमा परिवर्तन गर्न सकिने

जिम्बाबेले टि–ट्वेन्टी विश्वकप छनौट खेल्न नपाउने,क्यानको निलम्बन यथावत

आइसीसीकाे नयाँ नियम, खेलाडी घाइते भएमा परिवर्तन गर्न सकिने

५ साउन २०७६ काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले क्रिकेट खेल नियममा केही परिवर्तन गरेको छ ।

आइसीसीको हालै सम्पन्न भएको बैठकले क्रिकेट नियममा केही परिवर्तन गरेको हो । नयाँ नियम अनुसार खेलाडी घाइते भएमा परिवर्तन गर्न सकिने नयाँ नियम लागु गर्ने निर्णय गरेको छ । अर्थात् ब्याट्सम्यान मैदानमा घाइते भएको खण्डमा अर्को खेलाडीलाई खेल्न पाउने व्यवस्था गरिएको छ ।

यसअघि, खेलाडी घाइते भएपनि परिवर्तन गर्न मिल्ने व्यवस्था भने गरिएको थिएन । योसँगै प्रतियोगिताका लागि घोषणा गरिएका १४ सदस्यीय टीममा रहेका खेलाडीबाट परिवर्तन गर्न पाउने प्रावधान राखिएको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...