अल्जेरियाली अदालतद्वारा पूर्वराष्ट्रपतिका भाइलाई १५ वर्षको जेल सजाय

आमाछोरी हत्या आशंकामा तिन युवा पक्राउपूर्वराष्ट्रपतिका भाइलाई १५ वर्षको जेल सजायगृहमन्त्रीका भाइको गुन्डा नाइकेसँग थियो यस्तो ‘कनेक्सन’ जिल्ला कारागार उदयरपुरमा कैदीबन्दी भाइरल बिरामी भएपछि उपचार शुरुप्रलाागुऔषधका मुद्दामा वृद्धि:देशभर तीन हजार ३५७ मुद्दा दर्तामाणपत्रधारीरत्ननगरमा लागु औषधसहित ३ जना पक्राउबालिका बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला लाइसेन्समा अनियमितता गर्ने यातायातका प्रमुखसहित ११ कर्मचारीलाई जेल prisoners desperately wait for warm clothesबोक्सी आरोप लगाउने श्रीमान जेलमाप्रेमीबाबुआमालाई घर निकाला गर्ने छोराछोरीलाई जेल सजाय !

अल्जेरियाली अदालतद्वारा पूर्वराष्ट्रपतिका भाइलाई १५ वर्षको जेल सजाय

९ साउन २०७६ अल्जियर्स: अल्जेरियाको सैनिक अदालतले पूर्व राष्ट्रपति अब्देलाजिज बौतेलिफाका भाइलाई १५ वर्षको जेल सजाय दिएको छ ।

सन् २०१३ मा राष्ट्रपति बौतेलिफालाई हृदयाघात भएर सख्त बिरामी भएपछि उहाँका भाइ सइद बौतेलिफाले राज्यका सम्पूर्ण कामकारबाही सम्हालेका थिए । सइद बौतेलिफा सहित गुप्तचर निकायका दुई जना पूर्व प्रमुखलाई सुनुवाईका लागि सोमबार सैनिक अदालतमा पेश गरिएको थियो ।

झण्डै दुई दशक सत्तामा रहेका पूर्व राष्ट्रपति बौतेलिफाको शासनकालमा भएका भ्रष्टाचार र शक्तिको दुरुपयोगका बारेमा हाल अल्जेरियाका विभिन्न अदालतमा मुद्दा चलिरहेका छन् । यी मुद्दाहरु खासगरी पूर्व राष्ट्रपतिसँग नजिक रहेका उच्च पदस्थ कर्मचारी र राजनीतिक नेताहरुमा केन्द्रित छ ।

पूर्व राष्ट्रपति बौतेलिफाले जनताले गरेको लगातारको प्रदर्शनपछि राजिनामा दिनुभएको थियो । सैनिक अदालतमा सरकारी अभियोजनकर्ताहरुले पूर्व राष्ट्रपतिका भाइ सहित चार जनामाथि २० वर्षसम्मको जेल सजायका लागि माग गरे पनि अदालतले १५ वर्ष कायम गरेको थियो । रासस

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...