अमेरिकामा साइबर हमला भएको आशंकामा ट्रम्पद्वारा राष्ट्रिय संकटकालको घोषणा

अमेरिका जान अब सामाजिक सञ्जालको विस्तृत विवरण पनि दिनुपर्नेआप्रबासी छिर्न रोक नलगाए मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी

अमेरिकामा साइबर हमला भएको आशंकामा ट्रम्पद्वारा राष्ट्रिय संकटकालको घोषणा

२ जेठ २०७६ एजेन्सी : अमेरिकामा साइबर हमला भएको आशंकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबर हमलाको अवस्थामा स्वदेशी कम्प्युटर बचाउन राष्ट्रिय संकटकाल घोषणा गरेका छन् ।

उनले यो आदेश जारी गर्दै अमरीकीमा रहेका विदेशी कम्पनीका सञ्चारका उपकरणहरु उपयोग गर्न बन्देज लगाएका हुन् । उनको आदेश अनुसार ती विदेशी सञ्चारसेवा दिँदै आएका कम्पनीहरुद्वारा राष्ट्रिय सुरक्षा खतरामा रहेको छ ।

ट्रप्पले आदेशमा कुनै कम्पनीको नाम नलिए पनि चीनीयाँ कम्पनी हुवावेलाई केन्द्रित गर्दै यो कदम चालेको विश्लेसकहरुको भनाइ छ । यो कम्पनीले आफ्नो सेवामार्फत निगरानी गर्ने आशंका अमेरिका लगायतका केही अन्यदेशले गर्ने गरेका छन् ।

तर हुवावेले भने यस्को अस्वीकार गर्दै आएको छ । हुवावेले अमेरिकाको यो कदमले अमेरिकामा फाइभ जी विस्तारमा अवरोध हुने बताएको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...