अमेरिकाको डकोटामा बिमान दुर्घटना हुँदा नौ जनाको ज्यान गयो

अमेरिकाको डकोटामा बिमान दुर्घटना हुँदा नौ जनाको ज्यान गयो

१६ मङ्सिर २०७६ वासिङ्टन : संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा विमानमा सवार नौ जनाको मृत्यु भएको पुस्टि भएको छ ।

स्थानीय उद्धारकर्मीका अनुसार दुर्घटनाग्रस्त भएको उक्त बिमानमा यात्रारत १२ जना मध्ये अन्य तीन जना सख्त घाइते भएका छन् । मृत्यु हुनेहरुमा दुई बालबालिका समेत रहेका छन् भने विमानका पाइलट समेतको मृत्यु भएको छ । उक्त दुर्घटना हिउँदे हिउँआँधिमा परेर भएको उद्धारकर्मीले बताएका छन्।

एकल इन्जिनको पिलाटस पिसी–१२ नामको उक्त बिमान च्याम्बरलेन बिमानस्थलबाट उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको अमेरिकी संघीय उड्डयन कार्यालयले जनाएको छ ।

अमेरिकी सञ्चार माध्यमका अनुसार घाइतेहरुलाई राज्यको सिओक्स फल्स नामक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । अमेरिकी नागरिक उड्डयन कार्यालयले उक्त बिमान दुर्घटनाका बारेमा छानबिन थालेको जनाएको छ । साउथ डकोटाको च्याम्बरलिन क्षेत्रमा बाक्लो हिउँ सहितको आँधी आएका कारण बिमानका उडानहरु प्रभावित भएका छन् । एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *