अमेरिकाको क्यालिफोर्नियामा दुई दशक यताकै शक्तिशाली भूकम्प

अमेरिकाको क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा दुई दशक यताकै शक्तिशाली भूकम्प

२० असार २०७६ क्यालिफोर्निया : अमेरिकाको क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्प गएको छ ।

क्यालिफोर्नियाको दक्षिण क्षेत्रमा पर्ने लस एन्जल्सबाट उत्तरतर्फ २४० किलोमिटर टाढाको रिड्गेक्रेस्ट शहरलाई केन्द्रविन्दू बनाएर ६.४ म्याग्नेच्यूडको भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ । शक्तिशाली भूकम्प जाँदा केही भवनमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको छ ।

यो भूकम्पलाई क्यालिफिोर्नियाको पछिल्लो दुई दशकयताकै शक्तिशाली भएको मानिएको छ । भूकम्पपछि उद्धार तथा राहतको काम जारी रहेको अग्निनियन्त्रकहरुले बताएका छन् ।

भूकम्पको केन्द्रबिन्दु रहेको शहरमा ठूलो क्षति भएको स्थानीय बासिन्दाले बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । केही मानिस घाइते भएका छन् ।

भूकम्प फेरि पनि आउन सक्ने भएकाले सचेत रहन स्थानीय मेयर पेग्गी ब्रीडेनले आग्रह गरेकी छन् । यस्तै केन्द्रबिन्दु रहेको शहरमा आपतकालीन अवस्था घोषणा गरिएको छ । (एजेन्सी)

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...