अत्यधिक प्रशोधित खाना: आयु घट्ने वा स्वास्थ बिग्रिन सक्छ

अत्यधिक प्रशोधित खाना: आयु घट्ने वा स्वास्थ बिग्रिन सक्छ

अत्यधिक प्रशोधित खाना: आयु घट्ने वा स्वास्थ बिग्रिन सक्छ

के तपाईंले आंशिक रूपमा प्रशोधित र अत्यधिक प्रशोधन गरिएको खानामा भएका भिन्नताबारे थाहा छ? अनि तिनले के फरक पार्छन्?

‘प्रशोधित खाना’ भन्ने शब्दावली हिजोआज चलनमा छ। फ्रान्स र स्पेनमा गरिएका दुईवटा अध्ययनले त्यस्ता खानाको सम्बन्ध स्वास्थ्यमा असर पार्नुका साथै अल्पायुमै ज्यान जान सक्ने देखाएको छ।

उक्त अध्ययनले दैनिक रूपमा १० वर्षसम्म प्रशोधित खानाको चार अंशसम्म खाने मानिसलाई हेरेको थियो।

उनीहरूमा मृत्युको जोखिम दैनिक एक अंश वा कम प्रशोधित खाना खानेभन्दा ६२ प्रतिशत बढी हुने देखिएको छ।

अनि थप एक उच्च प्रशोधित खानाको अंश थप्दा मृत्यु हुने सम्भावना १८ प्रतिशतले बढ्ने देखिएको छ।

उच्च प्रशोधित खानासँग जोडिएको अर्को नराम्रो असर भनेको हृदयाघात वा स्ट्रोक हुने धेरै जोखिम रहनु हो।

यस्तो थाहा हुँदाहुँदै पनि ब्रिटेनजस्ता केही मुलुकमा मानिसहरू आफ्ना लागि आधाभन्दा बढी क्यालोरी उच्च प्रशोधित खानाबाटै पाउँछन्।

त्यसो भए हामीले निकै जोखिमपूर्ण खानालाई हाम्रो भोजनमा कसरी समेट्दै तिनको गुणस्तर बढाउने?

खानाका वर्ग
कुन कुरा के हो भन्ने थाहा पाउने काम निकै गाह्रो हो। कहिलेकाहीँ चीज र ताजा पाउरोटीलाई पनि प्रशोधित वर्गमै राखिन्छ। तिनले समेत स्वास्थ्यमा उस्तै जोखिम सिर्जना गर्छन्।

ब्रजिलको साउ पाउलो युनिभर्सिटीअन्तर्गत रहको स्कूल अफ पब्लिक हेल्थले नोभा नाम दिइएको एउटा खाद्य वर्गीकरण प्रणाली विकास गरेको छ।

त्यसले हामीले किन्ने खानेकुरालाई चार समूहमा विभाजन गरेको छ।

उक्त वर्गीकरणमा प्रशोधन नगरिएकोदेखि उच्च प्रशोधन गरिएका खानेकुरा राखिएको छ।

समूह एक: अप्रशोधित् न्यूनप्रशोधित

यी त्यस्ता खानेकुराहरू हुन् जसमा रेसा, भिटामिन र खनिजको मात्रा उच्च हुन्छ।

यस वर्गमा ताजा फलफूल, तरकारी, बदाम, गेडागुडी र अण्डा, माछा र दूधजस्ता जनावरबाट उत्पादन हुने पदार्थ छन्।

कम प्रशोधित खानेकुराहरू सुकाउन, जमाउन, भुट्न, उसिन्न वा पास्चराइजेशन गरेर राख्न सकिन्छ तर त्यसमा अन्य पदार्थ मिसकिएको हुँदैन।

यसमा जमाएर राखिएका फलफूल र तरकारी, माछा र पास्चराइस्ड दूध, शतप्रतिशत ताजा फलफूलको जुस, चिनी नमिसाइएको दही, मसाला र सुकाइएका बुटीहरू पर्छन्।

समूह दुई: खाना पकाउने प्रशोधित सहयोगी सामग्री

यस वर्गमा तेल, मोटोपनयुक्त बटर, भिनेगर, चिनी र नुन पर्छन्।

यी पदार्थ एक्लै खाइँदैन वा धेरै खाइँदैन। अर्थात् अन्य खानेकुरासँग मिसाएर खाइन्छ।

समूह तीन: प्रशोधित

प्रशोधित खानेकुराहरू खासगरी समूह एक र दुईमा रहने खाद्यपदार्थ मिसिएर बनेका हुन्छन्।

तिनमा सुकाएर वा सेकेर राखिएका मासु, चीज, ताजा पाउरोटी, नुन वा चिनी मिसाइएका बदाम, सिरपमा मिलाएर टिनका बट्टामा राखिने फलफूलहरू, बियर र वाइन आदि पर्छन्।

प्रशोधन गर्नुको मुख्य उद्देश्य खानाको आयु वा स्वादलाई लामो समयसम्म राख्नु हो।

समूह चार: अत्यधिक प्रशोधित

अत्यधिक प्रशोधन गरिएका खानेकुरामा प्रयोग हुने सामग्रीहरू हामीहरूले घरमा पकाउने खानेकुरामा प्राय: प्रयोग गर्दैनौँ।

तपाईं ती सामग्रीको नाम पनि नजान्न सक्नुहुन्छ किनकि तिनमा धेरै रसायन, रङ्ग, गुलियोपन र धेरै समय जोगाउन विशेष पदार्थ हुन्छन्।

विकसित विश्वमा दैनिक खानपानमा प्रयोग हुने अत्यधिक प्रशोधन हुने खानाहरू यस्ता छन्:

औद्योगिक उत्पादनका पाउरोटी
पहिल्यै प्याकेटमा राखिएका खाना
बिहान खाजामा प्रयोग हुने खाद्यान्न
ससेज र अन्य प्रशोधित मासु
चकलेट
बिस्कुट
पेस्ट्री र केक
औद्योगिक उत्पादनका चिप्स
सफ्ट ड्रिङ्स र फलफूलका जुस
नुनिला स्न्याक्स
प्रशोधित चटनी
रसायनमा राखिएका गेडागुडी र सुप
विभिन्नखाले मासु
सोयबिनका उत्पादन
दुग्ध उत्पादन

कुन खानेकुरा अत्यधिक प्रशोधन गरिएको हो भनेर थाहा पाउने काम सहज छैन। किनकि बनाउने तरिकाले कहिले त्यही खाना आंशिक रूपमा प्रशोधित हुन्छ भने कुनै प्रशोधित हुन्छ र कुनै अत्यधिक प्रशोधित।

जस्तै:

गहुँको पिठो, पानी, नुन र ढुसीलाई प्रशोधित गरेर तयार पारिएको रोटी तर त्यसमा प्रयोग हुने रसायन र रङ्गले त्यसलाई अत्याधिक प्रशोधित गराउँछ
सादा ओट्स, कर्न फ्लेक्स र आंशिक प्रशोधन गरेर रेशादार बनाइएका गहुँका उत्पादन। तर जब त्यसमै उत्पादकहरूले चिनी, स्वाद र रङ्ग मिसाउँछन् ती अत्यधिक प्रशोधित ब्रेकफास्टका खानेकुरा बन्छन्
सादा दही आंशिक रूपमा प्रशोधन गरिएको हुन्छ। तर गुलियोपन, त्यसलाई संरक्षण पदार्थ वा रङ्ग मिसाएपछि त्यो अधिक प्रशोधित हुन्छन्।
जब खानाको प्रशोधन हुन्छ अध्ययनहरूले देखाएअनुसार त्यसको पोषण कम हुँदै जान्छ। भोक लाग्ने क्रम बिगार्नुका साथै रगतमा हुने चिनीको मात्रामा नकारात्मक असर पार्छ।

जब महत्त्वपूर्ण पोषणतत्त्वहरू हुने अप्रशोधित वा प्रशोधित खानालाई अधिक प्रशोधित खानाले विस्थापित गर्छ तब विभिन्न समस्याहरू सुरु हुन थाल्छन्।

उदाहरणका लागि ब्रिटेनमा एक जना औसत मानिसले खाने ५६ प्रतिशतभन्दा बढी क्यालोरी अत्यधिक प्रशोधित हुने खानाबाट आउँछ।

अत्यधिक प्रशोधित भएका खानेकुरा चिन्ने पाँच तरिका
खानेकुराका लेबल सधैँ हेर्ने बानी बसाल्नुहोस्। खासगरी कारखानमा प्रयोग हुनेजस्ता कुराहरू धेरै प्रयोग हुने पाइएमा त्यो अत्यधिक प्रशोधित खानेकुरा हो। माथि उल्लेखित अध्ययनका सहलेखक प्राध्यापक मैरा बेस (रस्टोलोका अनुसार त्यस्ता सामग्रीमा पाँचवटाभन्दा बढी सामग्रीहरू मिसिन्छन्।

– खासै नाम नसुनिने सामग्रीहरू खानेकुरामा विभिन्न भूमिकाका लागि प्रयोग गरिन्छ। धेरैजसो ती खानका लागि सुरक्षित त हुन्छन् तर कतिपय तिनको नकारात्मक असर समेत हुनेगरेको पाइएको छ।

– लेबलमा स्याचुरेटेड फ्याट्स र चिनीको मात्रा हेर्नुहोस्। उच्च हुँदा त्यो रातो रङ्गमा हुन्छ, मध्यम हुँदा गाढा पहेँलो र कम हुँदा हरियो रङ्गमा लेखिएको हुन्छ।

– धेरै लामो समयावधि भएका खानेकुरामा संरक्षण गर्ने तत्त्व धेरै राखिएको हुन्छ। लामो समय खानयोग्य हुनेगरी बचाउने तत्त्वमध्ये सुँगुरको मासुमा नुन र नाइट्रेट प्रयोग भएपनि त्यो अत्यधिक प्रशोधित भने होइन। तर सलामी भने अत्यधिक प्रशोशित हो किनकि त्यो कारखानामा थप पदार्थ राखेर प्रशोधन गरिन्छ। प्याकेट र डिब्बाका दूध भने अत्यधिक तापक्रममा पास्चराइजेशन गरिने हुँदा त्यो अत्यधिक प्रशोधित होइन।

– उत्पादनकर्ताले कुन हदसम्म बजार प्रवर्धन र ब्र्यान्डिङ गरिरहेका छन् भन्ने समेत जान्न महत्त्वपूर्ण हुन्छ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...