अख्तियारद्वारा पर्साको विन्दवासिनी गाउँपालिकामा छापा

अख्तियारद्वारा पर्साको विन्दवासिनी गाउँपालिकामा छापा

३१ बैशाख २०७६ बीरगंज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पर्साको विन्दवासिनी गाउँपालिकाको कार्यालयमा छापामारी कागजपत्र नियन्त्रणमा लिएको छ ।

गाउँपालिकामा व्यापक भ्रष्टाचार, अनियमितता भएको उजूरीको आधारमा अख्तियारको हेटौंडास्थित कार्यालयको टोलीले छापामारी कागजात नियन्त्रणमा लिएको हो ।

छापामारीको क्रममा अख्तियारको टोलीले गत बर्ष सम्पन्न भएका विकास निर्माणका योजना सम्बन्धी फाईल र त्यसको भुक्तानी प्रक्रिया, पोखरी निर्माणको क्रममा खर्च गरिएको रकमका सम्बन्धमा आवश्यक कागजात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

गाउँपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै सर्वपक्षीय भेलाले एक साताअघि जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनमार्पmत ध्यानाकर्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *