चिन बाट आयो यस्तो धारणा

Loading...

चीन सँग निकट भएको र भारत विरोधी छवि बनाएको सज्ञा पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिँदा पनि चिनियाँ मिडियाले भने कुनै धारणा प्रस्तुत गरेका जनाएका छैनन् । भारतीय मिडियामा ओली सरकार ढल्नु ‘भारतका लागि राम्रो’ भन्ने भावका समाचारहरु आएपनि चिनियाँ मिडियामा भने कुनै विशेष प्रतिक्रिया देखिएको छैन ।

चीनको सरकारी समाचार एजेन्सी सिन्हुवाले ओलीले अविश्वासको मत झेल्नु अघि राजिनामा दिएको हेडलाइन समाचार बनाएको छ । उक्त समाचारमा प्रधानमन्त्रीले संसदमा बोल्दै राष्ट्रपति विद्या भण्डारीलाई राजिनामा बुझाएको जानकारी गराएको बाहेक अन्य कुनै तथ्य घटबढ गरिएको छैन ।  सिन्हुवाले प्रधानमन्त्री ओलीले राजिनामा दिनु अघि राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउ आदेश समेत सिफारिश गरेको समेत हेडलाइन समाचार बनाएको छ ।

चीनले ओली सरकार जोगाउन चलखेल गरेको भन्ने चर्चा चलेपनि चिनियाँ मिडियामा भने भारतमा जस्तो कुनै तरंग देखिएको छ । भारतीय मिडियामा नेपालमा भएका राजनीतिक परिवर्तनमा ठूलो तरंग देखिने गर्छ । तर चीनको प्रभाव बढिरहेको भन्ने भारतीय मिडियाको दावीका बाबजुदपनि चीन निकट मानिएको सरकार ढल्दा पनि चिनियाँ मिडियामा भने कुनै तरंग देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु

Loading...