भारतबाट आयो भयानक खुलाशा

Loading...

भारतबाट छापिने दैनिक पत्रिका हिन्दुस्तान टाइम्सले भारत विरोधी छवि बनाएर नेपालमा लोकप्रिय बनेका कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीमाथि माओवादीलाई साइजमा ल्याउन भारतले ठूलो लगानी गरेको भयानक खुलाशा गरेको छ । सन् १९९५ तिर ओलीले भारतसँग हाइड्रो परियोजना सम्झौता गर्न ठूलो भूमिका खेलेर गुन लगाएको भएपनि अहिले आएर भारत विरोधी जस्तो देखिन पुगेको उक्त फिचरले खुलाएको छ ।

ओली सरकार ढलेपछि नेपालमा भारतको प्रभाव फिर्ता हुने दावी सहितको समाचार फिचरमा हिन्दुसन्तान टाइम्सले माओवादी खुल्ला राजनीतिमा आएपछि प्रचण्डसँग विग्रिएको सम्बन्धपछि भारतले माओवादीलाई साइजमा ल्याउन एमाले नेता ओलीलाई प्रयोग गरेको र उनीमाथि ठूलो लगानी गरेको खुलासा गरेको छ ।भारतको विदेश मन्त्रालय र रिसर्च एण्ड एनालिसिस विङ ‘रअ’ ले ओलीमाथि पार्टी राजनीति देखि राष्ट्रिय राजनीतिमा समेत सघाउँदै लगानी गरेको दावी उक्त फिचरमा गरिएको छ ।

ओली सिद्धान्ततः कन्सरभेटिभ भएका कारण नेपालको विविधता स्वीकार नगरेको, संघीयता स्वीकार नगरेको, आरक्षणको विरोध गरेको समेत उक्त फिचरको निष्कर्ष छ । दिल्लीको सुझाव स्वीकार गर्नुको साटो दिल्लीले बहुमतवादको दम्भ देखाउँदै अतिराष्ट्रवादको सहारा लिन खोजेको समेत आरोप लगाइएको उक्त फिचरमा ओलीले भारतमाथि सिक्किमीकरण र भुटानीकरणको आरोप लगाएको भनिएको छ । ओलीले मधेशीहरुलाई भारतीय एजेण्टकोरुपमा स्थापित गर्न खोज्दा कन्जरभेटिभका कानलाई भने मिठो लागेको उक्त फिचरको जिकिर छ ।

अघिल्लो पटक सरकार नढल्नुमा चीनको हात रहेको दावी पनि हिन्दुस्तान टाइम्सले गरेको छ । प्रचण्डलाई चीनले दवाव दिएपछि उनी हच्किएको उक्त फिचरको दावी छ । यो फिचरले ओली सरकार ढलेसँगै भारतको नेपालमा पुनरागमन भएको र चीनले नेपालको विविधतालाई माइक्रो म्यानेजमेन्ट गर्न नसक्ने स्पष्ट भएको समेत दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...